• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री ★   प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा ★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा

दुर्घटनाको छानबिन गर्न समिति



काभे्रपलाञ्चोक, १५ कात्तिक (रासस) काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागार्इं तथा अन्य दुई जना सहायक प्रहरी अधिकृत सदस्य रहेको घटना छानबिन समिति बनाइएको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँका अनुसार घटनामा सामान्य घाइते भएका गाडीधनी एवं चालक प्रदीप बोगटीलाई कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

शनिबार दिउँसो २ बजे छ जना सवार बा३च २८७ नंको ल्याण्ड क्रुजर कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते प्रहरी नायब उपरीक्षक भण्डारी उपचारार्थ अस्पताल लैजाँदै गर्दा र पत्रकार २४ वर्षीय जीवन पराजुली तथा टे«ड यूनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनामा गम्भीर घाइते पूर्वप्रहरी नायब उपरीक्षक विनोद गौतमको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते बोगटी र अर्का धनराज पुरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । मृतक एवं घाइते पुरीको मण्डन देउपुर नपा–५ बाउनेडिहीस्थित जमीनमा बालुवा खानी चलाउन निरीक्षण गरेर फर्र्कंदा दुर्घटना भएको हो ।