३ भाद्र २०८३, बुधबार
,
Latest
जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सय वर्ष पुरानो कात्तिक नाच शुरु



अ+ अ-

२७ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच शुरु भएको छ । नाच सोमबार साँझ ललितपुरको मंगलबजारस्थित डबलीमा शुरु भएको हो । ३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच १२ दिनसम्म नियमित देखाइन्छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको बताइन्छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख (लोक नाटक) १० दिन थपेर १५ दिनको पु‍र्याएको इतिहासकारहरुको भनाइ छ ।

यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।

२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइन्छ । विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो ।

कात्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच यो वर्ष मंसिर ५ गते देखाइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

अन्य नाच बेलुका ७ बजे शुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ । कात्तिक नाच पहिला एक महिना देखाइने गरिएको भए पनि आर्थिक अभावका कारण छोट्याएको थियो । पछिल्ला वर्षहरुमा भने १२ दिन देखाउन थालिएको छ । आयोजकका अनुसार, यो नाच सञ्चालनका लागि वार्षिक साढे ५ लाख खर्च हुने गरेको छ ।