१ पुष २०८२, मंगलवार
,
Latest
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सय वर्ष पुरानो कात्तिक नाच शुरु



अ+ अ-

२७ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच शुरु भएको छ । नाच सोमबार साँझ ललितपुरको मंगलबजारस्थित डबलीमा शुरु भएको हो । ३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच १२ दिनसम्म नियमित देखाइन्छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको बताइन्छ । यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख (लोक नाटक) १० दिन थपेर १५ दिनको पु‍र्याएको इतिहासकारहरुको भनाइ छ ।

यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।

२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइन्छ । विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो ।

कात्तिक नाचको प्रमुख र विशेष नाच नृसिंह अवतारमा हिरण्य कश्यपुलाई नृसिंहले वध गरिने नाच यो वर्ष मंसिर ५ गते देखाइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

अन्य नाच बेलुका ७ बजे शुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ । कात्तिक नाच पहिला एक महिना देखाइने गरिएको भए पनि आर्थिक अभावका कारण छोट्याएको थियो । पछिल्ला वर्षहरुमा भने १२ दिन देखाउन थालिएको छ । आयोजकका अनुसार, यो नाच सञ्चालनका लागि वार्षिक साढे ५ लाख खर्च हुने गरेको छ ।