• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

सन्दर्भ विश्व मधुमेह दिवस ः मधुमेहले आँखामा असर



काठमाडौँ, २८ कात्तिक  ः संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।

समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा ९रेटिना०मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ । मधुमेहको असरले गर्दा शुुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ । मधुमेहले आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने चिकित्सकको भनाइ छ ।

समयमै उपचार नभए अत्यधिक रक्तश्राव भई आँखाको दृष्टि सधैँका लागि गुम्ने खतरा हुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखाको पर्दा विशेषज्ञ डा रबा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको ९३० वर्षमुनि हुने मधुमेह० करीब सबै र दोस्रो प्रकारको ९३० वर्षपछि हुने० मधुमेहमा करीब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ ।”

आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने र त्यतिबेला उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा थापाले बताउनुभयो ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन्न जान्छ । आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहले शरीरका अन्य भागजस्तै आँखाको दृष्टि पर्दाको नसामा पनि असर गर्दछ । आँखाको पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो ।

मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह ः हरेक परिवारको सरोकार’ भन्ने नारासाथ आज विश्वभर मनाइँएको छ । नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले मधुमेह दिवस मनाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाइरहेको छ ।

यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।