१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अग्नि सापकोटा विरूद्ध उभिए मानव अधिकारवादी संघसंस्था, स्पेन यात्रा रोक्न पत्राचार



अ+ अ-

काठमाडौं । स्पेनको म्याड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन मानव अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले आयोजकलाई आग्रह सहितको पत्र लेखेका छन् ।

यही मंसिर १० देखि १४ गते (नोभेम्बर २६ देखि ३०) सम्म स्पेनको म्याड्रिडमा हुने अन्तर व्यवस्थापिका संघको १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूह सहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।

सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारलाई सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ । जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईले अन्तर व्यवस्थापिका संघका अध्यक्ष, स्पेनका विदेशमन्त्री र नेपालसमेत हेर्ने दिल्लीस्थित स्पेनको दूतावासलाई पनि पत्र लेखेका हुन् ।

हेर्नुहोस् पत्र