६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अग्नि सापकोटा विरूद्ध उभिए मानव अधिकारवादी संघसंस्था, स्पेन यात्रा रोक्न पत्राचार



अ+ अ-

काठमाडौं । स्पेनको म्याड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को सभामा नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई सहभागी नगराउन मानव अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले आयोजकलाई आग्रह सहितको पत्र लेखेका छन् ।

यही मंसिर १० देखि १४ गते (नोभेम्बर २६ देखि ३०) सम्म स्पेनको म्याड्रिडमा हुने अन्तर व्यवस्थापिका संघको १४३ औं सभाका लागि सभामुख सापकोटालाई पनि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूह सहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेको छ ।

सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारलाई सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ । जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईले अन्तर व्यवस्थापिका संघका अध्यक्ष, स्पेनका विदेशमन्त्री र नेपालसमेत हेर्ने दिल्लीस्थित स्पेनको दूतावासलाई पनि पत्र लेखेका हुन् ।

हेर्नुहोस् पत्र