७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

प्रहरीमा सामन्ती प्रवृत्ति

प्रहरीमा सामन्ती प्रवृत्ति
अ+ अ-

 

काठमाडौँ — मानव अधिकारको पछिल्लो अवधारणा कमजोर पक्षको हित संवद्र्धन गर्नु र सीमान्तकृत समूहको हितमा विशेष ध्यान दिनु हो । सरकारी नोकरीमा आरक्षण व्यवस्था यसैको एउटा उदाहरण हो । प्रहरीमा भने यो अवधारणाको उल्लंघन मात्र भएको छैन, सामन्ती प्रवृत्ति हाबी छ । गरिबको सन्तान लगातार अध्ययन गर्ने हैसियत राख्दैन । १८ वर्षे जवानमा सेवा प्रवेश गर्छ । नोकरी खाँदै दु:ख गर्दै पढ्छ, असई हुन्छ । पुन: पढ्छ र इन्सपेक्टर हुन्छ । इन्सपेक्टर हुँदा उसको सेवा अवधि करिब ४, ५ वर्ष भइसकेको हुन्छ ।

सिधैं इन्सपेक्टर हुने समकक्षीसँग उमेर समान हुन्छ । पछि जब ती दुवै व्यक्ति माथिल्लो तहमा सँगै पुग्छन् र संगठनको नेतृत्व लिने बेला हुन्छ, त्यो गरिब परिवारको मेहनती र योग्य व्यक्ति सेवा अवधिका कारण पहिल्यै सेवानिवृत्त हुन्छ ।

व्यक्ति विशेषमा फरक होला तर प्रहरीको ‘३० वर्षे’ सीमाका कारण प्रहरीका तल्लो तहबाट सेवा गरेको व्यक्ति जतिसुकै योग्य भए पनि एसएसपीभन्दा माथि जाने अवस्था छैन । हिजो पनि ३० वर्षे सेवाअवधि रहेको भए प्रहरी जवान पदबाट प्रवेश गरेका र प्रहरीको आन्तरिक व्यवस्थामा उल्लेखनीय सुधार गरेका हेमबहादुरसिंह, डीबी लामा, त्यसैगरी सशस्त्र प्रहरी बलका सहवीर थापा आईजी हुने थिएनन् । प्रहरीमा विभिन्न जनजाति र अन्य सामान्य परिवारका तल्ला तहमा सेवा प्रवेश गर्ने व्यक्तिहरू महानिरीक्षक भएका छन् ।

प्रहरीको सबैभन्दा तल्लो पदमा नियुक्त भई पीएचडी गरेका चुडाबहादुर श्रेष्ठ मुस्किलले एसएसपी भएर उर्वर समयमै हटे । समकक्षीहरूमा व्यावसायिक र निडर छवि भएका विक्रमसिंह थापा असईबाट आएकाले कलिलो उमेरमै वरिष्ठ प्रहरी उपरीक्षकबाटफ्याँकिए ।

यस्ता अनेक उदाहरण प्रहरी वृत्तमा चर्चा हुने गर्छ । निजामतीमा खरदार–सुब्बामा प्रवेश गरेका योग्य व्यक्तिहरू मुख्यसचिव र सचिव हुन्छन् । अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मी, निवर्तमान सोमलाल सुवेदी र पूर्व लीलामणि पौडेलको कथा यही हो ।

अवकाश मापदण्डमा चलखेल

प्रहरीले तीन आधारमा अनिवार्य अवकाश प्राप्त गर्छन्– उमेरको हद, पदावधि र ३० वर्षे सेवा अवधि । पहिलो प्रहरी नियमावली २०१५, दोस्रो नियमावली २०३३ र तेस्रो नियमावली २०४९ मा ३० वर्षे सेवाअवधि थिएन । २०४९ फागुन १५ को संशोधनले नयाँ व्यवस्था ल्यायो ।

यसैका आधारमा तत्कालीन आईजीपीलाई अवकाश दिइयो र अर्को भयो । तिनै नयाँ आईजीकै पालामा पुन: ३० मा २ वर्षसम्म थप्ने व्यवस्था भयो र उनले पूर्णकाल ४ वर्ष खाए । २०५२ सालको मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषद्ले प्रहरीको ३० वर्षमा २ वर्ष स्वत: थप हुने निर्णय गर्‍यो ।

त्यतिबेलैदेखि चाहेर वा नचाहेर प्रहरीमा सीमान्तकृतलाई अन्याय निरन्तर छ । निजामती र सैनिक कतै नभएको ३० वर्षे सीमा प्रहरीमा कायमै छ । यो संसारमै नभएको व्यवस्था हो । ‘कांग्रेस सरकार’ ले निहित स्वार्थका कारण प्रहरीभित्रको ‘मलीन आवाज’ लाई अन्यायमा पार्‍यो । सर्वहारा र सीमान्तकृत समूहको संरक्षक भनिने नेकपाको सरकारले यसमा संवेदनशीलता देखाउँछ कि देखाउँदैन, हेर्नु छ ।

सम्भ्रान्त वर्गको धुत्र्याइँ

प्रहरीमा ‘मालाफाइड इन्टेन्सन’ ले अप्राकृतिक रूपमा ३० वर्षे सीमा जन्मायो । यो व्यवस्थाले मोतीलाल बोहोराबाहेक छयालीस सालपछिका कुनै पनि महानिरीक्षकको कार्यकाल पूर्ण भएको छैन । यो कानुन पश्चदर्शी हुन नहुने सिद्धान्तविपरीत छ ।

यसले प्रहरी सेवाको पहिचानमै प्रश्न चिह्न खडा गरेको छ, न निजामती न जंगीको स्वरूपमा । यो सरदर आयुसम्बन्धी सिद्धान्तविपरीत छ । यसले राज्यलाई ‘निवृत्तिभरणको भार’ थपेको छ । सबै प्रहरी सुधार सुझाव आयोगहरूले यो हटाउन स्पष्ट सिफारिस गरेका छन् ।

सबै पूर्व उच्च प्रहरी अधिकृतले यसलाई हटाउन भनेका छन् । यसले उच्च तह एक्कासि खाली गराउँछ । नेतृत्वमा कम अनुभव हुने अवस्था बनाउँछ । यो प्रहरी पेसा (करिअर) मा नमिल्ने व्यवस्था हो । यसले अनुभव र अनुभवीको अवमूल्यन गराउँछ ।

प्रहरी संगठनमा सेवा प्रवेशका हिसाबले एउटा नवसभ्रान्त (प्रहरीभित्र सिनियर अधिकृतमा सिधै प्रवेश गरेपछि हुने) समूह बन्ने गरेको छ । यो समूहले छर्ने मुख्य भ्रम हो, प्रहरीको बहालवाला नेतृत्व आफ्नो कार्यकाल बढाउने स्वार्थले मात्र ३० वर्षे सीमा फाल्न खोज्छ । यो तर्क झूटो भएको पूर्वआईजी उपेन्द्रकान्त अर्यालको एउटा उदाहरणबाट स्पष्ट हुन्छ ।

उनले सुरुवाती दिनमा आफ्नो साढे तीन वर्षलाई तीन वर्षमा घटाएर पनि यो फाल्न खोजेका थिए । प्रहरीको ३० वर्षे सीमा अनुचित छ र हिजो नेतृत्वमा नपुगुन्जेल मात्रै हटाउनु हुन्न भनेका हुन्छन् । हरेक परिवर्तनमा तत्काल कसैलाई कुनै असर पर्नु स्वाभाविकै हो ।

कसैको अनुचित स्वार्थ पूर्ति नहुनु स्वाभाविकै हो । यसैमा ‘इलिट समूह’ को अर्को बहाना हुन्छ, ३० वर्षे सीमा हटाउने हो भने बलियो विकल्प नभई लागू गर्नु हुँदैन भन्ने । भारतमा जस्तो प्रहरीको हरेक पदोन्नतिको निश्चित संख्या आन्तरिक खुला प्रतियोगिताका लागि छट्याउने हो भने ‘उचित विकल्प’ भइहाल्छ तर इलिट यसमा मान्दैन र मान्न दिँदैन ।

उपसंहार

भारतमा प्रान्तका प्रहरी वा तत्ला तहका कर्मचारीलाई केन्द्रको सिनियर प्रहरी अधिकृत (आईपीएस) मा ल्याउन ३३ प्रतिशत कोटा निर्धारण गरिएको छ । नेपालमा प्रहरीका तल्ला कर्मचारीलाई समावेश गर्न निश्चित कोटा व्यवस्था छँदै छैन ।

उल्टो समान प्रतिस्पर्धामा आफैं सक्षम भई आएका सीमान्तकृत भन्न सकिने समूहलाई निषेध गर्न ३० वर्षे सीमा प्रयोग भएको छ । भारतका सम्पूर्ण केन्द्रीय, प्रान्तीय, विशेष क्षेत्रीय प्रहरीमा जवानदेखि प्रमुखसम्मको अनिवार्य अवकाश ६० वर्ष उमेर छ । सरदर आयु बढेकाले मध्यप्रदेश प्रहरीले गत वर्षबाट ६२ बनायो ।

नेपालमा भने जवानको ४८ देखि आईजीको ५५ वर्षसम्म छ । नेपालमै पनि न्यायाधीश र संवैधानिक निकायका ६५, प्राध्यापक ६३, स्वास्थ्य सेवामा ६० वर्षसम्म सेवामा रहन्छन् । प्रहरीको कारणबाट राज्यलाई परेको आर्थिक भारको लेखाजोखा जरुरी छ ।

३० वर्षे सीमा हटाउँदा प्रहरीकै नयाँ पुस्ता नेतृत्वमा आउने हो । यो प्रावधान हटाए सरकारलाई आर्थिक भार कम हुन्छ, प्रहरीसम्बन्धी सबै अनुसन्धान समितिका सिफारिस पालना हुन्छ । एसएसपी र डीआईजीबाट सिधै प्रहरी नेतृत्वमा जाने नभई क्रमश: नेतृत्वमा जाने र नेतृत्वमा परिपक्वता आउने र नेतृव पूरा पदावधिमा रहने अवस्था बन्छ । यसले नेतृत्व स्वाभाबिक रूपमा बलियो र प्रभावकारी हुन सक्छ ।

लेखक पूर्वप्रहरी अधिकृत हुन् ।
(साभार कान्तिपुर दैनिक)