२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा धान खरीद गर्दै खाद्य संस्थान



अ+ अ-

धनगढी, ३ मङ्सिर : नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ ।

किसानले धान बाली भित्र्याएको एक महीनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर र टीकापुरस्थित डिपोमा काँटा सञ्चालन गरेर धान खरीदको व्यवस्था गर्न लागेको हो । खाद्य संस्थान सेती अञ्चल कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नेपाल सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्यमा नै आगामी तीन÷चार दिनभित्रमा कैलालीमा धान खरीद शुरु गर्न लागिएको राससलाई जानकारी दिनुभयो ।

सरकारले प्रतिक्विन्टल मोटो धान रु दुई हजार ३३१ र मध्यम धानको रु दुई हजार ४६० न्युनतम समर्थन मूल्य तोकेको छ । “यस वर्ष आठदेखि दश हजार मेट्रिक टन धान खरीद गर्ने लक्ष्य छ”, भण्डारीले भन्नुभयो, “धान खरीदका लागि केन्द्रीय कार्यालयबाट निर्देशन आइसकेको छ ।” संस्थानले गएको वर्ष जिल्लामा करीब ४५ हजार क्विन्टल धान खरीद गरेको थियो ।

संस्थानले समयमै नयाँ धान खरीदको व्यवस्था नगर्दा धान बिक्रीमा व्यापारीहरुको मूल्यमा एकाधिकार रहन गई आफूहरुले उचित मूल्य नपाउने गरेको गुनासो किसानको छ । “संस्थानले समयमै न्यूनतम समर्थन मूल्य तोकेर खरीदको व्यवस्था गरेको भए किसानलाई सजिलो हुने थियो”, स्थानीय किसान छविलाल भट्टले भन्नुभयो, “मूल्य नतोकिँदा व्यापारीले तोकेको मूल्यमा नै धान बेचेर किसानले चाडबाड मनाउनु परेको छ ।”

किसानको मुख्य आम्दानी स्रोत धान बाली रहेको छ । घर खर्चका साथै अन्य कामका लागि चाहिने नगदको जोहो धान बिक्री गरेर किसानले पूर्ति गर्ने गरेका छन् । कैलालीमा ७२ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा बर्खेधान बालीको खेती गर्ने गरिएकामा प्रतिहेक्टरमा तीन टन धान उत्पादन हुने गरेको छ ।