३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

‘ए’ डिभिजन लिग: थ्रीस्टार शीर्ष स्थानमा

‘ए’ डिभिजन लिग: थ्रीस्टार शीर्ष स्थानमा
अ+ अ-

–कुमार चौलागाईं

काठमाडौँ, ४ मङ्सिर: जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् ।

तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार-चार अङ्कका साथ लिग तालीकाको क्रमशः चौथो, पाँचाँै, छैँटौँ र सातौँ स्थानमा छन् ।

दुवै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालीकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालीकाको क्रमशः नवौँ र १०औँ स्थानमा छ ।

फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेडब्वाइज दुवै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छन् । उनीहरु तालीकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । दोस्रो चरणका खेल सकिएसँगै दुई दिनका लागि लिग स्थागित गरिएको छ ।

लिगको तेस्रो चरणका खेल बुधबारदेखि शुरु हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । मङ्सिर ६, ७ र ८ गते तेस्रो चरणका खेल हुनेछन् भने पुनः दुई दिनको विश्रामपछि १० गतेदेखि चौथो चरणका खेल हुनेछन् ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेडब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छ । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने निर्देशक मिश्रले जानकारी दिनुभयो ।

‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो ।

हालसम्मको अङ्क तालीका

क्रसं टोली खेल जित हार बराबर अङ्क
१ थ्रीस्टार क्लब २ २ ० ० ६
२ मनाङमस्र्याङ्दी क्लब २ २ ० ० ६
३ त्रिभुवन आर्मी क्लब २ २ ० ० ६
४ नेपाल पुलिस क्लब २ १ ० १ ४
५ सङ्कटा क्लब २ १ ० १ ४
६ मच्छिन्द्र क्लब २ १ ० १ ४
७ एपिएफ क्लब २ १ ० १ ४
८ हिमालयन शेर्पा क्लब २ ० ० २ २
९ च्यासल युथ क्लब २ ० १ १ १
१० न्यूरोड टिम (एनआरटी) २ ० १ १ १
११ जावलाखेल युथ क्लब २ ० २ ० ०
१२ फ्रेण्ड्स क्लब २ ० २ ० ०
१३ सरस्वती युथ क्लब २ ० २ ० ०
१४ ब्रिगेडब्वाइज क्लब २ ० २ ० ०

(रासस)