२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्यामको सनसनीपूर्ण जित, सिटी शीर्ष स्थानमै कायम



अ+ अ-

काठमाडौं, ९ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले चेल्सीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा टोटनह्यामका लागि डेली अली, ह्यारी केन र सन ह्युङ मिनले उत्कृष्ट गोल गरेका थिए । चेल्सीका लागि ओलिभर जेरुडले दाेस्राे हाफमा गोल गरेका थिए । डेलीले खेलको आठौं मिनेटमा गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १६औं मिनेटमा केनले गाेल गरेका थिए ।डिबक्स बाहिरबाट हानेकाे बल डिफेन्डर डेभिड लुइजलाइ छक्याउँदै गाेल भएकाे थियाे ।

पहिलो हाफमा २-० गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेकाे थियाे । खेलको ५४औं मिनेटमा मिनले तेस्राे गोल गरेका थिए । पराजयकाे संघारमा पुगेकाे चेल्सीका लागि जेरुडले खेलको ८५औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको १३ खेलबाट ३० अंक भएको छ । यता पराजित चेल्सीको भने १३ खेलबाट २८ अंक भएको छ ।

शनिबार नै भएका अरू खेलमा म्यान्चेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गाेलरहीत बराबरी खेलेका छन् भने म्यान्चेस्ट सिटीले वेस्टह्याम युनाइटेडलाइ ४ गाेलले पराजित गरेर पहिलाे स्थानमा कायम छ । त्यस्तै लिभरपुलले वाटफाेर्डलाइ ३ गाेलले पराजित गरेकाे छ ।

पछिल्लाे अंक तालिका निम्न बमाेजिम छः

[table id=2 /]

अाइतबारकाे खेलः

१. अार्सनल  २ –  १ बर्नमाउथ

२. उल्भ्स  ० – २  हडर्सफिल्ड