१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप, अस्ट्रेलिया च्याम्पियन



अ+ अ-

एन्टीगा, ९ मंसिर । महिला टीट्वान्टी विश्वकप क्रिकेटकाे उपाधि अस्ट्रेलियाले जितेकाे छ ।

सर भिभिएन रिचार्डस मैदानमा भएकाे खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाइ ८ विकेटले पराजित गरेकाे थियाे ।

इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे थियाे । ब्याटिङमा कमजाेर प्रदर्शन गरेकाे इङ्ल्यान्डले १९.४ अाेभरमा सबै विकेट गुमाइ १०५ रन मात्र बनाएकाे थियाे ।

झिनाे लक्ष लिएर मैदानमा उत्रेकाे अस्ट्रेलियाले निर्धारित लक्ष १५.१ अाेभरमा २ विकेट गुमाएर प्राप्त गरेकाे थियाे । अस्ट्रेलियाका लागि ए गार्डनरले ३३ र ए ल्यानिङले २८ अविजित रन बनाएका थिए ।

उक्त खेलमा प्लेयर अफ द म्याच गार्डनर भएकी थिइन् भने प्लेयर अफ द सिरिजकाे उपाधि एलिस्सा हिलीले जितेकी थिइन् । दुवै अस्ट्रेलियाली खेलाडी हुन्र ।