९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा विशेषज्ञ चिकित्सा स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

न्युजपोलार समाचारदाता
ललितपुर, ९ मंसिर । किष्ट शिक्षण अस्पताल इमाडोलद्वारा शनिबार ललितपुर महानगरपालिका वार्ड नं ११ मा अवस्थित बंगलामुखी मन्दिर परिसरमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरियो ।
सो स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिका अन्तर्गतका करिब ३१९ जना विरामीले स्वास्थ्ये सेवा लिएका थिए । त्यस स्वास्थ्य शिविरमा विशेषगरी मुटुरोग, महिला तथा बालबालिकाको स्वास्थ्यका साथै नाक कान घाँटीसम्बन्धी विशेषज्ञता सेवा पनि प्रदान गरिएको उक्त स्वास्थ्य शिविरका संयोजक डा.सुजिता हिराचनले जानकारी दिनुभयो ।

 


सो स्वास्थ्य शिविरपछि त्यस विषयमा जानकारी दिँदै डा हिराचनले उच्च रक्तचाप भएका नागरिकले समयमै आवश्यक अन्य स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– समय समयमा स्वास्थ्य जाँच गराउने र उच्च रक्तचापको समस्या देखियो भने त्यसबाट नागरिकमा आँखामा समस्या देखिनुका साथै मिर्गौला रोगको पनि समस्या हुने भएकोले समय समयमा स्वास्थ्य जाँच गराउनुपर्छ ।
उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा उपलब्ध गराउनुहुने वरिष्ठ चिकित्सकहरुमा डा.सुजिता हिराचनका अतिरिक्त प्रा.डा.लक्ष्मणप्रसाद टिवरेवाला, डा.अभिशेख थापा, डा.सन्तोष गौतम, डा.सुभास सिंह, डा.मिनाक्षी ठाकुर र डा.सुभास खड्का पनि हुनुहुन्थ्यो ।