३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रेल किनेर सञ्चालन गरिन्छ’



अ+ अ-

धनुषा, ९ मङ्सिर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताउनुभएको छ ।

मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आज महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताउनुभयो ।

जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पार्नुभयो ।

मन्त्री महासेठले मुख्यमन्त्री योगीको जनकपुरको विशुद्ध धार्मिक भ्रमणमात्र हुने बताउँदै यही मङ्सिर २६ गते रेल्वेको उद्घाटनको कार्यक्रम नभएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “रेल भारत सरकारसँग किन्नुपर्ने हो र भारत सरकारबाट यसका लागि मूल्य पनि पठाइसकेको छ, भारतले पठाएको मूल्य सरकारले स्वीकार गरेर पत्राचारसमेत गरिसकेको छ ।”

मन्त्री महासेठले आगामी महीनाभित्र जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन हुने बताउँदै त्यसको डेढ वर्षभित्र कुर्था–विजलपुरा हुँदै बर्दिवाससम्म रेल सञ्चालन हुने बताउनुभयो । मन्त्री महासेठले आउने चार वर्षमा दुई हजार ८०० किलोमिटर रेलमार्ग निर्माण गर्ने डिजाइन तयार गर्ने र एक हजार २०० किलोमिटरसम्म रेल सञ्चालनमा नै ल्याउने योजना रहेको बताउनुभयो ।

गहुँको बीउमा अनुदान

प्रदेश २ का किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध हुने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानलाई अनुदानको गहुँ बीउ उपलब्ध गराउन लागेको हो ।

अनुदानको गहुँ बीउ जिल्लाका कृषि ज्ञानकेन्द्र कार्यालयले तोकेको स्थानीय बीउबिजन केन्द्रबाट प्राप्त गर्न सकिने जनाइएको छ । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले किसानले गहुँ बीउ ६५ रुपैयाँ ५० पैसा तोकिएको दरमा ४० प्रतिशत अनुदानको पाउने बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जिल्लाका विभिन्न ठाउँमा स्थानीय बिक्री केन्द्र छनोटको प्रक्रियामा रहेको बताउँदै सम्भवतः सोमबारदेखि अनुदानको गहुँ बीउ बिक्री वितरण शुरु गरिने बताउनुभयो ।