• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह

विद्यालयलाई जापानी सहयोग



काठमाडौं, ११ मंसिर । जापान सरकारले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकास्थित एक विद्यालयलाई भूकम्प प्रतिरोधी बनाउन करिब ४ करोड ९० लाख उपलब्ध गराउने भएको छ ।

उक्त सहयोग सम्बन्धमा नेपालस्थित जापानी राजदूत मासामिची साइगो र चाइल्ड फन्ड जापानका उपकार्यकारी निर्देशक कोजी मात्सुराले हस्ताक्षर गर्नुभयो । चाइल्ड फन्ड जापानको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।

स्थानीय सरकार, सरोकारवाला निकायहरु र स्थानीय जनतासँग निकट सम्बन्ध राखी उक्त परियोजना कार्यान्वयन गरिने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

परियोजनाबाट सुनकोशी नगरपालिकाको जनजागृती माध्यमिक विद्यालयको पुनर्निर्माण गरिने, विद्यालयमा छ वटा कक्षाकोठा निर्माण गरिने तथा खानेपानीको प्रबन्ध गरिने छ ।

साथै, विद्यालय व्यवस्थापन समितिको क्षमता निर्माण गरिने छ । उक्त कार्यक्रम अन्तर्गत बाल अधिकारमा आधारित स्कुल विपद जोखिम न्यूनीकरण–रोकथाम योजना बनाउन मद्दत गर्ने, आपतकालीन परिस्थितिमा बाल सुरक्षाको सचेतना वृद्धि गर्ने तथा आपतकालीन तालिम उपलब्ध गराइनेछ ।

सम्झौताका क्रममा राजदूत मासामिची साइगोले नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।