१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई जापानी सहयोग



अ+ अ-

काठमाडौं, ११ मंसिर । जापान सरकारले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकास्थित एक विद्यालयलाई भूकम्प प्रतिरोधी बनाउन करिब ४ करोड ९० लाख उपलब्ध गराउने भएको छ ।

उक्त सहयोग सम्बन्धमा नेपालस्थित जापानी राजदूत मासामिची साइगो र चाइल्ड फन्ड जापानका उपकार्यकारी निर्देशक कोजी मात्सुराले हस्ताक्षर गर्नुभयो । चाइल्ड फन्ड जापानको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।

स्थानीय सरकार, सरोकारवाला निकायहरु र स्थानीय जनतासँग निकट सम्बन्ध राखी उक्त परियोजना कार्यान्वयन गरिने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

परियोजनाबाट सुनकोशी नगरपालिकाको जनजागृती माध्यमिक विद्यालयको पुनर्निर्माण गरिने, विद्यालयमा छ वटा कक्षाकोठा निर्माण गरिने तथा खानेपानीको प्रबन्ध गरिने छ ।

साथै, विद्यालय व्यवस्थापन समितिको क्षमता निर्माण गरिने छ । उक्त कार्यक्रम अन्तर्गत बाल अधिकारमा आधारित स्कुल विपद जोखिम न्यूनीकरण–रोकथाम योजना बनाउन मद्दत गर्ने, आपतकालीन परिस्थितिमा बाल सुरक्षाको सचेतना वृद्धि गर्ने तथा आपतकालीन तालिम उपलब्ध गराइनेछ ।

सम्झौताका क्रममा राजदूत मासामिची साइगोले नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।