३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च १.६ प्रतिशत मात्र

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च १.६ प्रतिशत मात्र
अ+ अ-

धनगढी, ११ मङ्सिरः  सुदूरपश्चिम प्रदेश सरकारद्वारा चालू आर्थिक वर्ष २०७५-७६ मा विनियोजित बजेटमध्ये प्रथम चौमासिक अवधिमा १ दशमलब ६ प्रतिशत खर्च भएको छ । कूल खर्चमध्ये पूँजीगततर्फ रु दुई करोड नौ लाख (० दशमलब १८ प्रतिशत) र चालूतर्फ रु ३९ करोड ५३ लाख (२ दशमलब ९६ प्रतिशत) रहेको छ ।

प्रदेश सरकारको चालू आवमा कूल विनियोजित बजेट रु २५ अर्ब ६ करोड ५६ लाख रहेको छ । योमध्ये चालूतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख र पूँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख विनियोजन गरिएकोे छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले चालू आवमा राजश्व सङ्कलनको कूल लक्ष्य रु एक अर्ब २९ करोड ६५ लाख राखिएकामा प्रथम चौमासिक अवधिमा रु २१ करोड ३१ लाख सङ्कलन भएको जानकारी दिनुभयो । सङ्कलित राजश्वमध्ये घरजग्गा रजिस्ट्रेशनतर्फ रु १० करोड ३४ लाख, सवारी साधन करतर्फ रु नौ करोड ९३ लाख र दण्ड जरिवानातर्फ रु एक करोड तीन लाख राजश्व सङ्कलन भएको जनाइएको छ ।

चालू आवमा पूँजीगततर्फ सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई रु आठ अर्ब ८८ करोड ५९ लाख विनियोजन गरिएको छ । यस्तै चालूतर्फ सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका लागि रु तीन अर्ब ५३ करोड ३८ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७४-७५ का लागि विनियोजन गरिएको बजेट रु एक अर्ब दुई करोड पाँच लाखमध्ये रु ५५ प्रतिशत खर्च भएको छ ।

आव २०७४-७५ मा बजेट खर्च न्यून रहनुका प्रमुख कारणमा बजेट खर्च गर्ने सङ्गठन संरचनाको अभाव रहनु, आवश्यक ऐन कानूनको अभाव र समय छोटो हुनुलगायतका कारण रहेको मन्त्री बोहराले बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आवमा प्रदेशका सबै ८८ स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको पहिलो र दोस्रो किस्ताबापतको रु ३१ करोड सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । प्रदेश सञ्चित कोषमा रु पाँच अर्ब ६१ करोड सञ्चिती रही कोष धनात्मक अवस्थामा रहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका ६८ वटा स्थानीय तहमा वाणिज्य बैंकको पहुँच रहेको भए पनि बाँकी २० स्थानीय तहमा यो पहुँच पुग्न बाँकी छ । प्रदेशमा विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको विसं २०७४ असार मसान्तसम्मको कूल निक्षेप रु तीन अर्ब ९९ करोड ८० लाख रहेकामा विसं २०७५ को सोही अवधिमा कूल निक्षेप रु पाँच अर्ब २४ करोड ८८ लाख पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा ३१ दशमलब २८ प्रतिशतले निक्षेपमा बढोत्तरी हुन गई निक्षेपमा उत्साहजनक प्रगति देखिएको मन्त्री बोहराले जानकारी दिनुभयो ।

यस्तै विसं २०७४ को असार मसान्तसम्म कूल कर्जा रु पाँच अर्ब २८ करोड ६२ लाख रहेकामा विसं २०७५ को सोही अवधिमा कूल कर्जा रु छ अर्ब ४१ करोड १७ लाख पुग्न गई आर्थिक क्रियाकलापहरु विस्तार हुँदै गएको जनाइएको छ । (रासस)