३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

सामुदायिक वनले फेर्यो माझीगाउँको मुहार

सामुदायिक वनले फेर्यो माझीगाउँको मुहार
अ+ अ-

–रामहरि न्यौपाने

बेत्रावती, १२ मङ्सिर । विकासमा पछि परेको नुवाकोटको विदुर नगरपालिका–८ स्थित माझीगाउँका बासिन्दाको जीवनस्तरमा अहिले सामुदायिक वनले ठूलो परिवर्तन ल्याएको छ
अहिले गाउँका सबै बासिन्दा स्थानीय सामुदायिक फर्निचर मिल, कुटानीपिसानी मिल, सुपथ मूल्यको पसलबाट सेवा लिन्छन् । जिल्लाको सदरमुकामसँग जोडिएको बस्ती भए पनि बीचमा पर्ने सामरी खोला विगतमा गाउँको विकासका लागि बाधक बन्दै आएको थियो ।

बस्तीदेखि त्रिशूली बजारसम्म आउन केही मिटरको दूरी भए पनि आवतजावतमा कठिनाइ हुँदा समुदाय आफँैले झोलुङ्गे पुल निर्माण गरी मानिसका साथै दुई पाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन ल्याएको छ । समुदायको लगनशीलताले गाउँभित्र कच्ची भए पनि व्यवस्थित सडक छ । गाउँमा सामाजिक कार्य गर्नुप¥यो भने भोजभतेर चलाउन भाडावर्तनसहितको ‘क्याटरिङ’ पनि उपलब्ध छ ।

भेलाका लागि गाउँको बीचमा सामुदायिक भवन बनाइएको र यही बसेर ‘नगरभित्रको गाउँ’ को विकास कसरी गर्ने भनेर छलफल हुन्छ । गाउँका बालबालिका पढ्ने पृथ्वी नवप्रकाश आधारभूत विद्यालयको पढाइ खस्कँदै जाँदा बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि अन्यत्र पठाउन पर्ने गुनासो आएपछि अहिले अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गर्न एक शिक्षकसमेत उपलब्ध गराइएको छ । विसं २०५१ मा स्थापना भएको माझीगाउँ सामुदायिक वन उपभोक्ता समितिमार्फत सञ्चालन भएको सामुदायिक वनबाटै यो परिवर्तन सम्भव भएको हो ।

यही वनमार्फत आम्दानी भएको रकमले अहिले गाउँको कायलपलट भएको छ । सामुदायिक वनका अध्यक्ष रामशरण श्रेष्ठ भन्नुहुन्छ, “गाउँको विकास, स्थानीय समुदायको आर्थिकस्तरमा सुधार एवं समुदाय रुपान्तरणका लागि यहाँका बासिन्दालाई यही वनले एक बनायो । न यो गाउँमा पर्याप्त सरकारी सुविधा उपलब्ध छ, न त स्थानीयवासी लगानी गर्न सक्ने हैसियतमा छन् तर यो सम्भावनालाई साकार बनाउन गाउँमा २५ वर्षअघिदेखि समुदायले हुर्काएको सामुदायिक वन नै गाउँवासीको आर्थिक विकासका साथै गाउँको विकासका लागि पनि मुख्य मेरुदण्ड पनि बनेको छ ।”

“वन संरक्षणका लागि शुरु–शुरुमा त समुदायले सहयोग नै गरेका थिएनन्”, उहाँ जोड दिनुहुन्छ, “वनबाट हुने आम्दानीले क्रमशः गाउँको विकासमा लगानी गर्न थालेपछि अहिले सहज भएको छ ।” वन समूहमा १५० उपभोक्ता आवद्ध छन् । अधिकांशले किसानी गर्छन् । उनीहरुलाई वन समूहमार्फत कृषि तालीम उपलब्ध गराइएको छ । बस्तीको चारैतिर फैलिएको वनक्षेत्र वन ८७।७ हेक्टरमा फैलिएको छ ।

यही वनबाट ल्याएको पत्करबाट बनाएको गाईभैँसीको कम्पोस्ट मलले कृषि उब्जनी बढाएको छ । पशुचौपाय पाल्नका लागि पनि निकै सहज भएको वन समितिका सचिव सन्तमाया नगरकोटी बताउनुहुन्छ । उहाँका अनुसार वन संरक्षणले महिला र गृहणीले बढी लाभ लिएका छन् । “यहाँका किसानलाई वन समितिले दक्ष, सीपयुक्त र तालीम प्राप्त बनाएको छ । वन समितिका सचिव नगरकोटी भन्नुहुन्छ, “बाख्रा पाल्नेलाई ब्राख्रा तालीम, कुखुरा पाल्नेलाई कुखुरापालनसम्बन्धी तालीम दिएपछि उनीहरू अहिले आ–आफ्नै पेशामा सफल छन् ।”

वन समूहमाफर्त सञ्चालनमा रहेका फर्निचर मिल, कुटानी पिसानी मिल, सहुलियत पसल, शिक्षकलाई दिएको रोजगारीले स्वरोजगार प्रवद्र्धनमा सहयोग मिलेको छ । वन समितिले सहुलियत दरमा ऋण सुविधा पनि उपलब्ध गराएको छ । अहिले पनि समितिको खातामा रु दुई लाखभन्दा बढी बचत रहेको कोषाध्यक्ष विनोद श्रेष्ठ बताउनुहुन्छ ।

चारैतिर वनले ढाकेको गाउँ हरियाली मात्र होइन, सफा र सुग्घर पनि छ । गाउँका विपन्न तथा कमजोर वर्गलाई वन समितिको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको छ । “वनबाट लाभ लिन सकिन्छ भनेर सिकाउन झण्डै १५ वर्ष लाग्यो” वन समितिका पूर्वअध्यक्ष बाबुकाजी श्रेष्ठ भन्नुहुन्छ, “अहिले सबैको सहयोगले जिल्लाको नमूना सामुदायिक वनको रुपमा स्थापित गराउने प्रयासमा जुटेका छौँ ।”

उहाँका अनुसार सालका रुखले ढाकेको वनमा रहेको रुख कटान उपभोक्ताले बनाएको योजनालाई डिभिजन वन कार्यालयले दिएको स्वीकृतिअनुसार निर्णय हुन्छ । वन विस्तार कायमै राख्न हरेक वर्ष वृक्षरोपण र आगलागी हुन नदिन ब्लक छुट्याएर अग्नि नियन्त्रण रेखासमेत बनाइएको छ । चोरी सिकारी नियन्त्रण गर्न वनपालेको पनि व्यवस्था गरिएको छ । जङ्गलमा रहेका आकर्षक रुखबाट बिरुवा उत्पादनका लागि ‘बीउकोष रुख’ बनाइएको छ । रासस