२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिबेशन: एआईजीको कमाण्ड, १५ सय सुरक्षाकर्मी परिचालित हुने



अ+ अ-

चितवन ।  शुक्रबारबाट चितवनमा  सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८५०, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा  बढी सुरक्षाकर्मी खटिने छन् । 

महाधिबेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एबं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहित बिभिन्न पार्टीका शिर्षनेताहरु सम्बोधन गर्न जाने भएपछि सरकारले प्रहरी प्रधानकार्यलयले  एक एआईजी र दुई डीआईजीलाई महाधिबेशनको सुरक्षाको कमाण्ड दिएको छ ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाईएको छ ।महाधिबेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली आज चितवन पुग्दै हुनुहुन्छ भने अन्य नेताहरु पनि चितबन जाने क्रम जारी रहेको छ ।