• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   सरकारलाई भ्रष्टाचारको फाईल खोल्न ओलीको चुनौती ★   तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ: अध्यक्ष ओली ★   मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न ★   राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक छ: गृहमन्त्री श्रेष्ठ ★   काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी ★   एसियन गेम्सः भारतीय महिला क्रिकेट टोलीलाई स्वर्ण ★   १९औँ एसियाली खेलकुद: जुडोमा मनीता, जंग र पुनमको हार ★   गुल्मीमा माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु ★   नेप्से परिसूचक ५.८९ अंकले गिरावट ★   एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

एमाले महाधिबेशन: एआईजीको कमाण्ड, १५ सय सुरक्षाकर्मी परिचालित हुने



चितवन ।  शुक्रबारबाट चितवनमा  सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८५०, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा  बढी सुरक्षाकर्मी खटिने छन् । 

महाधिबेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एबं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहित बिभिन्न पार्टीका शिर्षनेताहरु सम्बोधन गर्न जाने भएपछि सरकारले प्रहरी प्रधानकार्यलयले  एक एआईजी र दुई डीआईजीलाई महाधिबेशनको सुरक्षाको कमाण्ड दिएको छ ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाईएको छ ।महाधिबेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली आज चितवन पुग्दै हुनुहुन्छ भने अन्य नेताहरु पनि चितबन जाने क्रम जारी रहेको छ ।