३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत

कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्न जापान सहमत
अ+ अ-

 

–रमेश गिरी
भक्तपुर, १३ मङ्सिर – दैनिकरुपमा बढ्दो सडक जामलाई कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर जडीबुटी सुरुङमार्ग र सूर्यविनयक–धुलिखेल छ लेन सडकको निर्माण गर्न जापान सरकारले सहमति जनाएको सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङमार्ग बनाउन जापानले अध्ययन गर्ने भएको छ । महाशाखाका प्रमुख श्रेष्ठले एक महीनापछि सुरुङमार्ग निर्माण कार्यको अध्ययन शुरु गर्ने जानकारी दिनुभयो ।

यसअघि पनि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पहलमा सुरुङमार्ग निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण, मन्त्रालयका प्रतिनिधिलगायत सरोकारवालाबीचको पटकपटक भएको छलफलबाट सुरुङमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

बस्नेतले भन्नुभयो, “जडीबुटी कोटेश्वर सडकको जाम हटाउन स्थायी उपाय सुरुङमार्ग निर्माण एकमात्र विकल्प हो, त्यसका लागि मैले मन्त्रालयदेखि नागरिक उड्डययन प्राधिकरणसम्म छलफल गरेर सहमति जुटाए, परराष्ट्रमन्त्री ज्ञवालीले जापान भ्रमणमा जानुअघि पनि मैले यो कुरा मन्त्रीज्यूसँग राखेको थिए, जापानमा यसबारेमा छलफल भएर जापान सरकार सहमत भएको जानकारी पाएँ, यसले काम गर्न थप उर्जा मिलेको छ ।”

कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हँुदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङमार्ग निर्माण गर्ने अवधारणा अगाडि सारेर शुरु गरेको पहलले सार्थकता पाएको पनि उहाँले बताउनुभयो ।

बस्नेतले भन्नुभयो, “हामीले कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सातवटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितका आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डरग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाई ढुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने गरी कार्ययोजना अगाडि बढाएका छाँै ।”

अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डको चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गर्ने, जडीबुटीदेखि टङ्कप्रसाद आचार्यको सालिकसम्म र थिमि क्षयरोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण गर्ने, पाँच ठाउँमा सडक ट्राफिक बत्ति राखिने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसैगरी जडीबुटी, लोकन्थली, कौशलटार, थिमिलगायत ठाउँमा दुईतले सर्भिस ट्र्याक, निर्माणाधीन राधे राधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीव्रता दिने निर्णय भएको सांसद बस्नेतले बताउनुभयो ।

सुरूङमार्ग जडीबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने सम्भावना रहेको बताउँदै उपमहानिर्देशक सञ्जय श्रेष्ठले जापानी टोलीले गर्ने अध्ययन सकिएपछि कहाँदेखि कहाँसम्म संरचना बनाउने भन्नेबारेमा टुङ्गोे लाग्ने बताउनुभयो ।

तत्कालका लागि जाम हटाउन मनोहरा खोलामा अस्थायी पुल बेलिब्रिज निर्माण गर्ने कार्य शुरु भएको जानकारी दिँदै उहाँले भक्तपुरको ६ लेन सडकमा सर्भिस ट्र्याकबाट दुईपाङ्ग्रे सवारी साधन पठाउने र मनोहराखोलाबाट बालकुमारी जान नयाँ सर्भिस ट्र्याक बनाउने बताउनुभयो ।

(रासस)