३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

एशिया प्रशान्त सम्मेलन – नेपालको पर्यटन प्रबर्द्धन

एशिया प्रशान्त सम्मेलन – नेपालको पर्यटन प्रबर्द्धन
अ+ अ-

 

प्रकाश सिलवाल र भीष्मराज ओझा

काठमाडौँ, १३ मङ्सिर – नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘ नेपाल पर्यटन वर्ष २०२०’ प्रवद्र्धन हुने भएको छ ।

नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलनबाट नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत टेवा पुग्ने मानिएको छ । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुने छ । सम्मेलनमा छ राष्ट्र÷ सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा भाग लिन तथा नेपालको औपचारिक भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुख र विशिष्ट पाहुना काठमाडौँ आउने क्रम जारी छ । सम्मेलनले नेपालको सफल शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणपछिको रुपान्तरणका प्रक्रियाका बारेमा विश्वव्यापी सन्देश दिनेछ । ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयको सम्मेलनका लागि विशिष्ट अतिथिको आगमन बुधबारदेखि शुरु भएको थियो ।

साक्रममा आज म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँ आई द्विपक्षीय भेटघाट र अन्य कार्यक्रममा व्यस्त हुनुभएको छ । सम्मेलनका साथै नेपालको औपचारिक भ्रमणका क्रममा रहनुभएका उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ता गर्दैहुनुहुन्छ । कम्बोडियासँग नेपालको हवाई सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत हुने कार्यक्रमले भ्रमणको महत्व बढाएको छ ।

त्यस्तै टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी पनि आजै काठमाडौँ आउनुभएको छ । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै हुनुहुन्छ । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आउनुभएको थियो ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्था सम्मेलनको आयोजक छन् । युपिएफ संयुक्त राष्ट्र सङ्घ, आर्थिक तथा सामाजिक परिषद्बाट मान्यताप्राप्त संस्था हो । विश्वका १५५ मुलुकमा यसको क्रियाशीलता छ ।

आजदेखि यही मङ्सिर १७ गतेसम्म काठमाडौँमा हुने सम्मेलनका लागि नेपाल सरकारले सुरक्षा प्रबन्ध गरेको छ । विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन नेपाल सरकारले तथा सम्मेलनको अन्य व्यवस्थापन आयोजक समितिले गरेको समितिका सहसंयोजक एकनाथ ढकालले जानकारी दिनुभयो । नेपाल सरकारको ‘समृद्ध नेपाल ः सुखी नेपाली’को नारालाई सहयोग गर्न सम्मेलनले मुख्य जोड दिने उहाँले बताउनुभयो ।
सम्मेलन आयोजनाका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्ल र फिलिपिन्सको संसद्का पूर्वसभामुख तथा आइक्यापका संस्थापक अध्यक्ष जोसे डे भेनेसिया जुनियर पनि आबद्ध हुनुहुन्छ ।

शान्ति प्रक्रियाबारे विश्वलाई सन्देश

सम्मेलन आयोजक समितिका शिष्टाचार अधिकृत काशीनाथ खनालले विश्वका विद्यमान चुनौतीको सामना कसरी गर्न सकिन्छ भन्नेबारेमा बहस गरी निचोड निकाल्न सम्मेलन उपयोगी हुने बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले नेपालको शान्ति सम्झौता र लोकतान्त्रिक आन्दोलनपछिको रुपान्तरण प्रक्रिया विश्वमै उदाहरणीय रहेका सन्दर्भमा नेपालमा सम्मेलन हुनाले त्यसको समेत सन्देश प्रवाह हुने जनाउनुभयो । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको अवस्थामा सम्मेलनमा ४५ मुलुकका एक हजार पाँच सय विशिष्ट पाहुनाको सहभागिताले नेपालले प्रत्यक्ष लाभ लिन सक्ने पनि खनालले प्रतिक्रिया दिनुभयो ।

विषयगत कार्यसूची

सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहभागी मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ भने सम्मेलनमा सात सत्रमा विषयगत छलफल हुनेछ । उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसद्हरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘ वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयका सत्र हुनेछन् । ती सत्रमा विज्ञको प्रस्तुति र छलफल हुनेछ । हाल विश्वमा गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, शस्त्रको होडबाजीजस्ता चुनौती देखिएको छ ।

छ राष्ट्र÷सरकार प्रमुख सहभागी
यस्तो सम्मेलन गत वर्ष अफ्रिकाको सेनेगलमा भएको थियो जहाँ ५४ देशका विशिष्ट प्रतिनिधिको सहभागिता भएको सहसंयोजक ढकालले जानकारी दिनुभयो । त्यसअघि यस प्रकारको सम्मेलन यसअघि रुस, संयुक्त राज्य अमेरिका, इण्डोनेसियालगायत स्थानमा भइसकेको छ ।

सवारीमा जोर बिजोर
अतिविशिष्ट र विशिष्ट पाहुना आउने भएपछि ट्राफिक व्यवस्थापनका लागि ध्यान दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा आजदेखि चार दिन जोर बिजोर प्रणाली लागु गरेको छ ।
गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले सो प्रणाली लागु गरेको हो । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने छुट दिइएको छ ।
—  (रासस)