१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामाः प्रम देउवा

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामाः प्रम देउवा
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उहाँले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “विश्व तापमानमा आएको वृद्धिले हाम्रा हिमाल पग्लिदै गएका छन्, बेमौसमी वर्षाजस्ता विपद्ले कृषि र जनजीवनमा ठूलो क्षति पु¥याएको छ, हामीले यी सबै समस्याका बारेमा हालै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि आवाज बुलन्द गरेका छौँ, यसको समाधानमा सबैको प्रयत्न आवश्यक छ ।”
    
उहाँले सरकारले सबै मन्त्रालयगत नीतिमा पनि जलवायु परिर्वतन न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिँदै सरकारको यस प्रयासमा ‘साथसाथै’को प्रयास पनि प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरिएको छ  ।

‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले बढी प्रभावित क्षेत्र हिमालयको कालापत्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराउन अभियान प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ मूल नाराका साथ प्रारम्भ गरिएको अभियानका क्रममा जलवायु परिवर्तनले विशेष गरी महिलाको जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा समेत पहल गरिएको छ ।