३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

क्यान विवादः खारेज हुनबाट जाेगाउने प्रयास जारी

क्यान विवादः खारेज हुनबाट जाेगाउने प्रयास जारी
अ+ अ-

–कुमार चौलागाईं

काठमाडौँ, १४ मङ्सिर  : तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ ।

आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउन गठन गरिएको मनिटरिङ कमिटीको दोस्रो बैठक काठमाडाँैमा बस्न लागेको हो ।

बैठकमा आइससिसीका प्रतिनिधिसहित नेपालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निलम्बित क्यानका प्रतिनिधि सहभागी हुने निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । बैठकमा क्यानको जिल्ला निर्वाचनका विषयमा औपचारिक छलफल हुनेछ ।

यसअघि गत साउन अन्तिम साता काठमाडौँमा मनिटरिङ कमिटीको बैठकले जिल्ला निर्वाचनको विषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने विषयमा सहमति जुटाएको थियो ।

यसअघिको बैठकले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन र क्यानको तदर्थ समिति भङ्ग गर्न क्रिकेटका सरोकारवाला पक्षलाई आग्रह गरेको थियो । तर निलम्बित क्यानले विवाद समाधानको मार्गचित्र नबनेसम्म मुद्दा फिर्ता लिन नसकिने जिकिर गर्दै आएको छ । तर विवाद समाधानका लागि मुद्दा फिर्ताको सैद्धान्तिक सहमति भने बोर्डबाट पास गराइसकेको छ ।

निलम्बित क्यानको गत कात्तिक १० गते बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको थियो ।

बैठकले मुद्दा फिर्तासँगै क्यानको निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको थियो । समितिको संयोजकमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरू दिवाकर घले, शैलेश चौधरी र सञ्जयराज सिंह हुनुहुन्छ ।

यता राखेपले तीन महिना म्याद राखेर गठन गरिएको तदर्थ समितिको कुनै औचित्य नभएको भन्दै त्यसलाई भङ्ग गर्न आवश्यक नरहेको जिकिर गर्दै आएको छ ।

तत्कालीन परिस्थितिमा विधिसम्मत क्यानको निर्वाचन नभएपछि निर्वाचित समितिलाई मान्यता दिन नसकिएको भन्दै राखेपले विधिसम्मत छ महिनाभित्र पुनः निर्वाचन गराउन रमेश सिलवालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले छ महिनाभित्र सिलवाल नेतृत्वको तदर्थ समितिले पनि निर्वाचन गराउन नसकेपछि तदर्थ समिति स्वतः भङ्ग भइसकेको बताउनुभयो ।

२०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

२०७२ साल मङ्सिरमा क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन गर्यो । तर, क्यानकै तत्कालीन अध्यक्ष टङ्क आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्न राखेपमा उजुरी दिएको थियो ।

राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव गराएरै छाडे, जुन चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पा¥यो । त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो ।

क्यान विवादले उग्ररूप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै क्यानलाई प्रतिबन्ध लगायो ।

अहिले क्यानलाई आइसिसीले अन्तिम मौका दिएको छ । अब पनि क्यान विवाद नमिले आइसिसीको सदस्यताबाटै खारेज हुन सक्छ ।(रासस)