१५ आश्विन २०८१, मंगलवार
,
Latest
हवाई उडानमा नयाँ रेकर्ड कायम: सोमबार भए साढे पाँच सय उडान सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित नेपाल अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी, पिएसजी नकआउट चरणमा प्रवेश



अ+ अ-

युरोपेली मुलुकका शीर्ष क्लबहरुको बुधबार राति भएका फुटबल प्रतियोगिताबाट चार वटा प्रतिष्ठित क्लबहरु अन्तिम १६ मा पुगेका छन् । नतिजा अनुसार लिभरपुल, म्यान्चेस्टर सिटी, पिएसजी, रियल म्याड्रिड, इन्टर मिलान र स्पोर्टिङ लिस्बनले अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

म्यानचेस्टर सिटीले बुधबार राति फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले हराए पनि लिगको अंक तालिकाका अनुसार दुवै टिम युरोपेली च्याम्पियन्स लिगको नआउट चरण प्रवेश गर्न सफल भएका छन् ।

रियल म्याड्रिड, इन्टर मिलान र स्पोर्टिङ लिस्बन पनि अन्तिम १६ का लागि छनोट भएका छन् ।

एसजी भने दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो । यही समूहको अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई बेल्जियममा ५–० ले हरायो । करिम बेन्जेमाको गोल मद्दतले रियलले भने सेरिफलाई ३–० ले हरायो र नकआउट चरण पुग्न सफल रह्यो ।

यो जितपछि रियल समूह डी को शीर्ष स्थानमा उक्लेको छ । उसलाई दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि दुई अंकको अग्रता प्राप्त छ । इन्टरले अर्को खेलमा साख्तर डोनेस्कलाई २–० ले हरायो र नकआउट चरण पुग्यो ।

स्पोर्टिङ लिस्बन सन् २००८–२००९ यता पहिलो पटक नकआउट चरणमा पुगेको हो । लिस्बनले पोर्चुगाली राजधानीमा भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ हरायो ।

समूह बी बाट लिभरपुल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । उसले एनफिल्डमा भएको खेलमा पोर्टोमाथि सजिलो २–० को जित निकाल्यो । समूहको अर्को खेलमा एटलेटिको म्याड्रिड एसी मिलानविरुद्ध नाटकीय ढंगले १–० ले पराजित रह्यो ।

अन्तिम १६ मा स्थान बनाउन सफल टिमहरू

१. लिभरपुल

२. म्यान्चेस्टर सिटी

३. पिएसजी

४. रियल म्याड्रिड

५. इन्टर मिलान

६. स्पोर्टिङ लिस्बन

७. म्यान्चेस्टर युनाइटेड

८. चेल्सी

९. इन्टर मिलान

१०. युभेन्टस

११. बायर्न म्युनिख

१२. बार्सिलोना

१४. भिल्लारियल

१५. एलओएससी लिल्ले

१६. साल्जबर्ग