२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी, पिएसजी नकआउट चरणमा प्रवेश



अ+ अ-

युरोपेली मुलुकका शीर्ष क्लबहरुको बुधबार राति भएका फुटबल प्रतियोगिताबाट चार वटा प्रतिष्ठित क्लबहरु अन्तिम १६ मा पुगेका छन् । नतिजा अनुसार लिभरपुल, म्यान्चेस्टर सिटी, पिएसजी, रियल म्याड्रिड, इन्टर मिलान र स्पोर्टिङ लिस्बनले अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

म्यानचेस्टर सिटीले बुधबार राति फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले हराए पनि लिगको अंक तालिकाका अनुसार दुवै टिम युरोपेली च्याम्पियन्स लिगको नआउट चरण प्रवेश गर्न सफल भएका छन् ।

रियल म्याड्रिड, इन्टर मिलान र स्पोर्टिङ लिस्बन पनि अन्तिम १६ का लागि छनोट भएका छन् ।

एसजी भने दोस्रो स्थानमा रहेर अर्को चरण पुगेको हो । यही समूहको अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई बेल्जियममा ५–० ले हरायो । करिम बेन्जेमाको गोल मद्दतले रियलले भने सेरिफलाई ३–० ले हरायो र नकआउट चरण पुग्न सफल रह्यो ।

यो जितपछि रियल समूह डी को शीर्ष स्थानमा उक्लेको छ । उसलाई दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि दुई अंकको अग्रता प्राप्त छ । इन्टरले अर्को खेलमा साख्तर डोनेस्कलाई २–० ले हरायो र नकआउट चरण पुग्यो ।

स्पोर्टिङ लिस्बन सन् २००८–२००९ यता पहिलो पटक नकआउट चरणमा पुगेको हो । लिस्बनले पोर्चुगाली राजधानीमा भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ हरायो ।

समूह बी बाट लिभरपुल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । उसले एनफिल्डमा भएको खेलमा पोर्टोमाथि सजिलो २–० को जित निकाल्यो । समूहको अर्को खेलमा एटलेटिको म्याड्रिड एसी मिलानविरुद्ध नाटकीय ढंगले १–० ले पराजित रह्यो ।

अन्तिम १६ मा स्थान बनाउन सफल टिमहरू

१. लिभरपुल

२. म्यान्चेस्टर सिटी

३. पिएसजी

४. रियल म्याड्रिड

५. इन्टर मिलान

६. स्पोर्टिङ लिस्बन

७. म्यान्चेस्टर युनाइटेड

८. चेल्सी

९. इन्टर मिलान

१०. युभेन्टस

११. बायर्न म्युनिख

१२. बार्सिलोना

१४. भिल्लारियल

१५. एलओएससी लिल्ले

१६. साल्जबर्ग