२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटः वेस्ट इन्डिजकाे खराब प्रदर्शन



अ+ अ-

काठमाडाैं, १५ मंसिर । वेस्ट इन्डिज र बंगलादेशबीचकाे दाेस्राे टेस्ट क्रिकेटमा बंगलादेशले प्रभावशाली प्रदर्शन गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे बंगलादेशले पहिलाे इनिङमा अलअाउट हुँदै ५०८ रनकाे विशाल स्काेर खडा गरेकाे छ । बंगलादेशका लागि महमदुल्लाहले व्यक्तिगत १३६ रनकाे महत्वपूर्ण पाली खेलेका थिए । साथै कप्तान सकिब अल हसनले ८०, सदमान इस्लामले ७६ तथा लिटाेन दासले ५४ रन बनाएका छन् ।

वेस्ट इन्डिजकाे पहिलाे इनिङ बंगलादेशी स्पिनरका सामु निरीह बनेकाे छ । वेस्ट इन्डिजले ६४ रन बनाउँदा उसका पाँच विकेट अाउट भइसकेका छन् । सुस्त पिचमा वेस्ट इन्डिजका ब्याट्सम्यानले खुलेर खेल्न सकेका छैनन् । अहिले क्रिजमा हिटमायर र डाउरिच खेल्दैछन् ।

पहिलाे टेस्ट बंगलादेशले जितेकाे थियाे ।