२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशद्वारा सिरिज क्लिन स्वीप



अ+ अ-

काठमाडौं । मेहदी हसन मिराजको १२ विकेटसँगै बंगलादेशले वेष्ट इन्डिजविरुद्ध दोस्रो टेष्टमा एक इनिङ र १८४ रनको फराकिलो जित हात पारेको छ । यससँगै उसले दुई टेष्टको सिरिज क्लिन स्वीप गरेको छ ।

शेर बंगला नेशनल स्टेडियममा ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेष्टइण्डिज १११ रनमा अलआउट भयो ।

बंगलादेशले ५०८ रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गरेको थियो । ३९७ रनले पछि परेको वेष्टइण्डिज दोस्रो पारी थाल्यो तर २१३ रनमा समेटियो । सिम्रोन हिटम्येरले ९३ रन बनाएका थिए ।

वेष्ट इन्डिजको पहिलो पारीमै सात विकेट लिएर सनशनीपूर्ण प्रदर्शन गरेका मिराजले दोस्रो इनिङ्समा पाँच विकेट लिन सफल भए ।

यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो ।