३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन
अ+ अ-

काठमाडौँ, १६ मङ्सिर: पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन आज सकिएको छ ।

घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ ।

सम्मेलनको समापन समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पु¥याउने बताउनुभयो ।

उहाँले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गर्दै घोषणापत्रको कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “लघुवित्त अघिअघि दौड्नुभएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ, पन्ध्र बुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्थामा चित्त नबुभmे त्यसमा कार्यदल बनाएर अघि बढौँ, सरकार समस्या भएका व्यवस्था संशोधन गर्न तयार छ ।”

बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको सङ्केत भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको सङ्केत हो ।”

अर्थमन्त्री डा खतिवडाले काम हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ, अहिलेको अवस्था पनि यस्तै भएको हो भन्नुभयो ।

सांसद लीलानाथ श्रेष्ठले गरीबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गर्नुभयो ।

सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलालाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै सम्मेलनमा देखिएको उपस्थितिले पनि अब महिला एक्लै छैनन्, उनीहरूलाई साथ दिन लघुवित्त छ भन्ने प्रमाण दिएको धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनले लघुवित्तमा हालसम्म पहुँच नभएका तथा दुर्गम स्थानका अति विपन्न वर्गमा समेत पु¥याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुँच विस्तार गर्ने विषयलाई समेटेको छ । यस्तै लघुवित्त संस्थाले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्यमान्यताको पूर्णपालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि सम्मेलनले जनाएको छ ।

सम्मेलनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।