१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रृंखला मिस वर्ल्डको टप ३० मा, मल्टिमिडिया अवार्ड हात पारिन्



अ+ अ-

काठमाडौं, १७ मंसिर : मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न सफल भएकी छन् ।

केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई टप ३० भित्र पार्न सफल भएकी हुन् ।

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि बढेकी थिइन् ।

त्यसपछि टप ३० का लागि भएको हेड टु हेड च्यालेन्जमा उनी सिंगापुरकी सुन्दरीसँग पराजित भएपछि टप ३० मा प्रवेश गर्न असफल भएकी थिइन् । तर सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै मिस वर्ल्डको टप ३० मा पुगेकी हुन् ।

मिसवर्ल्डकाे अाधिकारिक वेबसाइटका अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी टप ३० मा पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा रहेका छन् ।

हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियातर्फ बाजी मार्दै आफूलाई अब्बल सावित गरेकी हुन् ।

हिजो भएको हेड टु हेड च्यालेन्जमा श्रृंखला सिंगापुरकी भेनेसा पहेसँग पराजित भएकी थिइन्। भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी थिइन्। तर उनले मल्टिमिडिया तर्फ अब्बल सावित गर्दै टप ३० मा पुग्न सफल भइन् ।

वेबसाइटमा भनिएकाे छ, श्रृंखलाकाे मल्टीमिडिया अवार्डमा छनाेट गर्दा सबै प्रकारका सामाजिक संजाल प्लेटफर्महरू, पाठक, दर्शक एवं श्राेताकाे सहभागिता, रचनात्मक सामग्री तथा त्यसकाे प्रभावकारिताकाे मूल्याँकनलाइ अाधार बनाइएकाे थियाे ।

 




भर्खरै