३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

मोडरिचलाई बालन डी अर

मोडरिचलाई बालन डी अर
अ+ अ-

काठमाडाैं, १७ मंसिर । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने क्रोएसियाली मिडफिल्डर ३३ वर्षीय लुका मोडरिचले बालन डी अरकाे उपाधि जितेका छन् । याे जितसँगै अर्जेन्टिनाका लियोनेल मेसी र पाेर्चुगलका क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य भएकाे छ ।

रुसमा सम्पन्न गत विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन मुख्य भूमिका खेलेका थिए । रियलबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा माेडरिच पनि एक प्रमुख खेलाडी थिए । २००७ मा ब्राजिल तथा एसी मिलानका तत्कालिन फरवार्ड काकाले जितेयता बालन डी अरमा मेसी र रोनाल्डोवाहेक अरु खेलाडीले जित्न सकेका थिएनन् । यसबीचमा मेसी र रोनाल्डोले समान पाँच/पाँच पटक बालन डी अरको उपाधि जितेका थिए ।

गएराति भएकाे भव्य समाराेहमा महान खेलाडी रोनाल्डोलाइ  उपविजेता घाेषित गरियाे । रोनाल्डो यसै सिजनको सुरुआतमा रियल छोडेर इटालियन च्याम्पियन युभेन्टससँग अनुबन्ध भएका छन् । यसैगरी बार्सिलोनाका फरवार्ड मेसी भने पाँचौं भए । फ्रान्सले रुस विश्वकपमा उपाधि जित्दाका मुख्य नायकहरु एट्लेटिको मड्रिडका एन्टाेनी ग्रिजम्यान तेस्रो भए भने पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रतिभावान युवा खेलाडी किलियन एमबाप्पे चौथो भए ।

गत सिजन उत्कृष्ट लयमा रहेका मोडरिचले सेप्टेम्बरमा सम्पन्न फिफा फुटबल अवार्डमा सर्बोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए । त्यसअघि विश्वकपमा उनले सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पाएका थिए । वर्षमा तेस्रो ठूलो उपाधि जितेपछि मोडरिचले अवार्ड पछिल्लो १० वर्ष मेसी र रोनाल्डोको दबदबा हुँदा उपाधिबाट विमुख भएका अन्य खेलाडीमा समर्पण गरे ।

“सायद पछिल्ला वर्षहरुमा पनि केही खेलाडी यो पुरस्करको हकदार थिए होलान । सायद जाभी, आन्द्रियास इनियस्टा वा वेस्ले स्नाइडरजस्ता खेलाडीले बालन डी अर जित्न सक्थे । अन्ततः मेसी र रोनाल्डोभन्दा बाहेककाले सफलता हासिल गरेको छ,” बीबीसीसँग उनले भनेका छन्, “अवार्डको हकदार भएर पनि नजित्ने सबै खेलाडीमा म यो अवार्ड समर्पण गर्न चाहन्छु । मेरा लागि यो साच्चै विशेष वर्ष रहयो । यो मेरा लागि अत्यन्तै विशेष छ । यो अवसरमा आफ्ना भावना बाढनका लागि मसँग सायद शब्द पर्याप्त हुँदैन ।”

मोडरिचले रोनाल्डो र मेसी साच्चै असाधारण खेलाडी भएको बताउँदै थपे, “यसपाली जित्नु भनेको मैले मैदानमा यो वर्ष पक्कै पनि केही विशेष प्रदर्शन गरेको हुनुपर्छ । त्यसैले २०१७–१८ मेरो वर्ष रहयो ।”

बालन डी अरका लागि मनोनयनमा रहेका ३० खेलाडीमध्ये रियालबाटमात्र मोडरिचसहित आठ खेलाडी थिए । जसमा वेल्सका अन्तर्राष्ट्रिय स्ट्राइकर गारेथ बेल १७औं भए ।

बालन डी अरमा पहिलो पटक महिला विधा थपिएकाे थियाे । याे उपाधि नर्वेकी २३ वर्षे स्ट्राइकर एडा हेगेरबर्गले अवार्ड जितिन । यसैगरी १९ वर्षे एम्बाप्पे पहिलो पटक समावेश यु–२१ विधातर्फको कोपा ट्रफिको हकदार बने ।

बालन डी अरका शीर्ष १० :

१. लुका मोडरिच (रियाल मड्रिड/क्रोएसिया)

२. क्रिस्टियानो रोनाल्डो (युभेन्टस/पोर्चुगल)

३. एन्टोनी ग्रिजम्यान (एट्लेटिको मड्रिड/फ्रान्स)

४. किलियन एमबाप्पे (पिएसजी/फ्रान्स)

५. लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)

६. मोहम्मद सालाह (लिभरपुल/इजिप्ट)

७. राफेल भाराने (रियाल मड्रिड/फ्रान्स)

८. इडेन हाजार्ड (चेल्सी/बेल्जियम)

९. केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी, बेल्जियम)

१०. ह्यारी केन (टोटेनह्याम/इङल्यान्ड)

(एजेन्सीकाे सहयाेगमा)