२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चन परिवार मुश्किलमा ! अमिताभ, अभिषेक विरूद्ध उजूरी, ऐश्वर्यामाथि कानुनी सूचना



अ+ अ-

मुम्बइः अमिताभ बच्चन परिवारका दिन सायद राम्राेसँग अाजभाेलि चलिरहेकाे छैन । म्यागीकाे प्रचारलाइ लिएर उल्झन बढेकै बेला बिग बी अमिताभ बच्चन र उनका छाेरा विरूद्ध ग़ाज़ियाबाद अदालतमा न्यायिक मजिस्ट्रेटमा राष्ट्रीय गौरवकाे अपमान सम्बन्धी एउटा मुद्दा दर्ता भएकाे छ ।

गाज़ियाबादकाे गैसस ‘मित्र’ सँग जाेडिएका चेतन धीमानले ग़ाज़ियाबाद अदालतमा यस्ताे उजूरी दर्ता गराएका हुन् । खासमा १५ फ़ेब्रुअरी २०१५  मा भएकाे क्रिकेट विश्वकप प्रतियाेगितामा पाकिस्तान विरूद्ध भारतकाे जितपछि अमिताभ र अभिषेकमाथि भारतीय झण्डा छातीमा बाँधेर रमाइलाे गरेकाे अाराेप छ ।

अाराेप लगाउने चेतन धीमानका वकील संजीव शर्माले  एनडीटीभीसँग यस विषयमा जुलाइ १३ मा सुनुवाइ हुने जानकारी दिए । साथै, बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनलाइ पनि कानुनी सूचना पठाइएकाे छ ।

ऐश्वर्याले पाकिस्तानकाे जेलमा मारिएका भारतीय नागरिक सरबजीतकी बहिनीकाे भूमिका निर्वाह गर्न लागेकी छिन् । सरबजीतकी खास बहिनी बताउने लुधियानाकी बलजिंदर कौरले ऐश्वर्या र निर्देशक उमंग विरूद्ध कानुनी सूचना दर्ता गराएकी हुन् ।

बलजिंदर कौरकाे भनाइमा दलबीर कौर सरबजीतकी साख्खै बहिनी हाेइनन् । यस विषयमा एउटा मुद्दा अदालतमा पहिल्यैदेखि विचाराधीन छ । त्यसकारण अदालतले कुनै स्पष्ट अादेश दिँदैन तबसम्म यस विषयमा कुनै फिल्म बन्नु ठीक हाेइन । (एनडीटिभीकाे सहयाेगमा)