• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने

पुनर्निर्मित माध्यमिक विद्यालय भवनको संयुक्त हस्तान्तरण



रामेछाप

२०७५ मङ्सिर १८, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको श्री गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गर्नुभयो । यो विद्यालय २०७२ सालको भूकम्पमा नराम्ररी क्षतिग्रस्त भएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा पुनर्निर्माण भइरहेका २९ नयाँ विद्यालयमध्ये सबभन्दा पहिले निर्माण सम्पन्न विद्यालय पनि यही हो ।

हस्तान्तरण समारोहमा राजदूत बेरीले भन्नुभयो, “अमेरिकी सरकार नेपाल सरकार र यहाँका जनतासँग मिलेर सुरक्षित नयाँ विद्यालय बनाउन पाउँदा हामी गौरवान्वित भएका छौं । स्वस्थ र सुशिक्षित मुलुक, २०७२ को भूकम्पले थोपरेको कहरलाई पन्साएर आत्मनिर्भरताको यात्रामा सहज अगाडि बढ्न सक्छ ।”

नेपाल सरकार र अन्य विकास साझेदारहरूसँगको परामर्शमा अमेरिकी सरकारले सामुदायिक संरचनाहरू, खासगरी विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्रथमिकता दिएको छ किनभने शिक्षा र स्वास्थ्य समाज विकासको महत्वपूर्ण अंग हुन् । यससँगसँगै २०७२ को भूकम्पपछि विकासको गतिलाई अवरुद्ध हुन नदिन पनि शिक्षा र स्वास्थ्यलाई प्रथमिकता दिन आवश्यक छ । अनुसन्धानहरूले देखाए अनुसार माध्यमिक तहको शिक्षाले छात्राहरूलाई तिनको जीवनमा तिनले उत्तीर्ण गरेका प्रतिकक्षा २५ प्रतिशतका दरले अधिक ज्याला पाउने सम्भावना बढाउँछ । त्यति मात्रै होइन शिक्षाले महिला र तिनको परिवारको स्वास्थ्य अवस्थामा अचम्मैको सकारात्मक लहर ल्याउँछ । त्यसरी नै नेपालको आर्थिक समृद्धिका लागि स्वस्थ जनशक्ति तयार पार्न स्वास्थ्यमा आम मानिसको पहुँच आवश्यक छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग हाल भूकम्प प्रभावित क्षेत्रका जम्मा ३६ वटा विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणमा व्यस्त छ ।

२०७२ को भूकम्प पश्चात त्यसबाट प्रभावितहरूको उद्धार र सहयोगमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस कोषबाट ४३ हजार घरपरिवारलाई आधुनिक तथा सुरक्षित घर पुनर्निर्माणमा सहयोग गरेको छ ।  त्यसरी नै १५ हजार इञ्जिनियर, निर्माण व्यवसायी, निर्माण प्राविधिक, डकर्मी र सिकर्मीहरूलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । त्यसरी नै एक हजार अस्थायी सिकाइ केन्द्रहरू, २५० संक्रमणकालीन सिकाइ केन्द्रहरूको पुनर्निर्माण गरेको छ । त्यस्तै जोखिममा परेका ९७ हजार विद्यार्थीलाई विद्यालय शिक्षा सुचारु राख्न सकून् भनेर अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ ।