२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्मित माध्यमिक विद्यालय भवनको संयुक्त हस्तान्तरण



अ+ अ-

रामेछाप

२०७५ मङ्सिर १८, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालय र एशियाली विकास बैंकसँगको सहकार्यमा रामेछाप जिल्लाको श्री गौरीशंकर माध्यमिक विद्यालय भवन हस्तान्तरण गर्नुभयो । यो विद्यालय २०७२ सालको भूकम्पमा नराम्ररी क्षतिग्रस्त भएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा पुनर्निर्माण भइरहेका २९ नयाँ विद्यालयमध्ये सबभन्दा पहिले निर्माण सम्पन्न विद्यालय पनि यही हो ।

हस्तान्तरण समारोहमा राजदूत बेरीले भन्नुभयो, “अमेरिकी सरकार नेपाल सरकार र यहाँका जनतासँग मिलेर सुरक्षित नयाँ विद्यालय बनाउन पाउँदा हामी गौरवान्वित भएका छौं । स्वस्थ र सुशिक्षित मुलुक, २०७२ को भूकम्पले थोपरेको कहरलाई पन्साएर आत्मनिर्भरताको यात्रामा सहज अगाडि बढ्न सक्छ ।”

नेपाल सरकार र अन्य विकास साझेदारहरूसँगको परामर्शमा अमेरिकी सरकारले सामुदायिक संरचनाहरू, खासगरी विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्रथमिकता दिएको छ किनभने शिक्षा र स्वास्थ्य समाज विकासको महत्वपूर्ण अंग हुन् । यससँगसँगै २०७२ को भूकम्पपछि विकासको गतिलाई अवरुद्ध हुन नदिन पनि शिक्षा र स्वास्थ्यलाई प्रथमिकता दिन आवश्यक छ । अनुसन्धानहरूले देखाए अनुसार माध्यमिक तहको शिक्षाले छात्राहरूलाई तिनको जीवनमा तिनले उत्तीर्ण गरेका प्रतिकक्षा २५ प्रतिशतका दरले अधिक ज्याला पाउने सम्भावना बढाउँछ । त्यति मात्रै होइन शिक्षाले महिला र तिनको परिवारको स्वास्थ्य अवस्थामा अचम्मैको सकारात्मक लहर ल्याउँछ । त्यसरी नै नेपालको आर्थिक समृद्धिका लागि स्वस्थ जनशक्ति तयार पार्न स्वास्थ्यमा आम मानिसको पहुँच आवश्यक छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग हाल भूकम्प प्रभावित क्षेत्रका जम्मा ३६ वटा विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणमा व्यस्त छ ।

२०७२ को भूकम्प पश्चात त्यसबाट प्रभावितहरूको उद्धार र सहयोगमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस कोषबाट ४३ हजार घरपरिवारलाई आधुनिक तथा सुरक्षित घर पुनर्निर्माणमा सहयोग गरेको छ ।  त्यसरी नै १५ हजार इञ्जिनियर, निर्माण व्यवसायी, निर्माण प्राविधिक, डकर्मी र सिकर्मीहरूलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । त्यसरी नै एक हजार अस्थायी सिकाइ केन्द्रहरू, २५० संक्रमणकालीन सिकाइ केन्द्रहरूको पुनर्निर्माण गरेको छ । त्यस्तै जोखिममा परेका ९७ हजार विद्यार्थीलाई विद्यालय शिक्षा सुचारु राख्न सकून् भनेर अत्यावश्यक सामग्रीहरू प्रदान गरिएको छ ।