२ पुष २०८२, बुधबार
,
Latest
फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

लन्डनबाट ल्याइएका ‘चियर्स लिडर्स’ नेपाल अाेर्लिए



अ+ अ-

काठमाडौँ, १९ मङ्सिरः यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लन्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ ।

इपिएल आयोजकले आज एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छजना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो । खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार छ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ ।

मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । चियर्स लिडरले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा साङ्गीतिक धुनसहित आकर्षक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र वृद्विमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपिएलमा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखराले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यतासमेत दिइसकेको छ ।

उद्घाटन खेलमा विराटनगर वारियस र ललितपुर प्याट्रिओट्सले खेल्नेछन् । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।