• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित ★   नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बञ्चित ★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट

साप्ताहिक राशिफल



ज्योतिषि गणेश काफ्ले

मंसिर २३–२९, २०७५

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रारम्भमा स्वास्थ्यमा कमजोरी र व्यावहारिक कठिनाइ देखा पर्नाले काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेतले उपलब्धि दिलाउनेछ। फाइदा उठाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ। सोमवारपछि जिम्मेवारी बढ्नेछ भने नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ। बिहीवारदेखि फजुल खर्च बढ्नेछ भने मनको डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

प्रारम्भमा अप्ठ्यारो परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ला। विवादास्पद काममा जुट्नुपर्दा मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। साताको उत्तरार्द्धमा काम बनाउन सकिनेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुन सक्छ। मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

सुरुमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सकारात्मक परिणामले उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। प्रियजनसँगको मतभेदले रमाइलो परिस्थितिलाई खलबल्याउन सक्छ। सोमवारपछि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बलजफ्तीले काम बिग्रन सक्छ। अर्थ अभावले पनि सताउने देखिन्छ। अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पुरुषार्थले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरू पछि पर्नेछन्। चिताएका काम बन्नाले आम्दानी बढ्नेछ। समय लागे पनि मनग्गे फाइदा उठाउन सकिनेछ। जुझारू क्रियाकलापले धेरैलाई क्रियाशील बनाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ। रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सप्ताहान्ततिर स्वास्थ्य कमजोर रहनेछ भने आकस्मिक खर्च बढ्न सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। परिबन्धले नियमित काममा समेत बाधा पुग्न सक्छ, सजग रहनुहोला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रारम्भमा अवसरभन्दा ठूलो चुनौती देखापर्न सक्छ। खानपानको अनिमियतताले स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा पनि समय दिन नसकिएला। सोमवारपछि स्थितिमा सुधार आउनेछ भने पहिलेदेखि रोकिएको काम पनि बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ। केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। नयाँ मित्रहरू फेला पर्नेछन् भने प्रेमको बन्धन पनि कसिलो हुनेछ। तर बलजफ्ती गर्ने बानीले विवादमा परिने सम्भावना देखिन्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। व्यावसायिक काममा भने मिहिनेतले उपलब्धि दिलाउनेछ। बिस्तारै नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आँट गर्दा सप्ताहान्तमा काम सम्पादन हुनेछ। व्यवसायका सन्दर्भमा रमाइलो यात्राको अवसर आउन सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विशेष अवसर प्राप्त हुनाले ठूलै काम आँट्न सकिनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। सोमवारपछि पारिवारिक समस्याले सताउन सक्छ। काममा अवसरवादीहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले दु:ख पाइनेछ। अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सप्ताहान्तमा अधिकार र प्रतिष्ठा प्राप्त हुने काम हातलागी हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

काम दोहोर्याउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आर्थिक रूपमा मनग्गे फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बिनाकारण आफन्तजन टाढा हुनेछन् भने प्रतिस्पर्धा गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। साझेदारीमा अलि सजग रहनुपर्ला। सप्ताहान्तमा स्वास्थ्य कमजोर बन्न सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

विभिन्न अवसरका साथै शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा उछिन्न सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। बुद्धिको उपयोगले सजिलै लक्ष्यमा पुगिनेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने आलोचकहरू देखापर्नेछन्।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रारम्भमा केही खर्चिलो काममा लगानी गर्नुपर्ला। तत्कालै फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ। आर्थिक अभावले पनि सताउने देखिन्छ। सोमवारपछि स्थिति अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। चल-अचल धन हातलागी हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सुरुमा आयआर्जन राम्रो हुनेछ। व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन्। आम्दानी बढ्नाले सोख पूरा गर्न सकिनेछ। सोमवारपछि फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू पनि टाढा हुनेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि मिहिनेतले विभिन्न अवसर दिलाउन सक्छ। सप्ताहान्तमा परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। आँटले काम बन्नेछ भने साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रारम्भमा तारिफयोग्य काम गरेर अवसर हात पार्ने समय छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। तर आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ। मंगलबारदेखि लाभांशको आधा हिस्सा खर्च हुन सक्छ। काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। सप्ताहान्तमा चिताएको काम रोकिने सम्भावना छ। सामान्य काममा पनि खर्च बढ्नेछ। काम समयमा नबन्दा केही अवसर गुम्न सक्छन्। आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ।

तपाईको दिन शुभ रहोस् ।