• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए

कृषिमन्त्री खनाल र अमेरिकी राजदुतबीच भेटवार्ता



२० मंसिर, काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता भएपनि आफूहरु सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए । अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रीकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ ।

नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए ।

नेपालमा हरेक बस्तु उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाई छ । जवाफमा राजदुत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए । त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो ।

नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए । नेपालमा चालुरहेका अमेरिकी सहयोगका परियोजनाहरुको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदुत बेरीले बताए ।