२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल कफी



अ+ अ-

 

मन उदास उदास थियो ।
यो होइन कि उनले बुझिनन् ।
कफी खान जाने ? उनले नसोधेको पनि होइन ।
होस् । आज अबेर भो, अर्को दिन जाउँला, मैले भनें ।
मलाई यसो भन्दा साँच्चै सकस भो । सोच्नुस् न, पुरुषले पो सजिलै भन्ला त, नारीले पुरुष मित्रलाई कफी पिउन आग्रह गर्नु कहाँ सजिलो कुरो हो र !
तर मैले उनको आग्रह लत्याइ सकेको थिएँ । काम बिग्रीसकेको थियो । स्थिति यस्तो थियो कि म आफैलाई चोट पुर्याउँदै थिएँ जानी जानी । मनै त उदास थियो आफ्नो ।

ब्याग साइडमा भिरेर म लसक लसक उकालो लागेँ पवित्र वर्कशप तिर । मलाई ‘बेकर्स डेन’ मा छिरेर कफी वा अन्य केही खाने उत्सुकता पनि थिएन तर जाँदाजाँदै आएको ताजा पिँधेको कफीबिनको महकले हो वा पुरानो स्मृति के ले हो, मलाई त्यतै डोर्यायो ।
उदास मनले भन्यो– चल भाइ, आज एक्लै खाइदे । अनि जान पनि एक्लो हुनुको पीडा, मनको उफान कतै पोखिन नसक्दाको अवस्था ।

कफी पसलकी बहिनी एक्लै थिइन् ।
मैले एउटा क्यापुचिनो अर्डर गरेँ ।
क्षणमै आयो अर्डर आज, अरु कोहि ग्राहक पनि त थिएनन् ।
पसलको छेउको एउटा टेबलमा एउटा क्यापुचिनो, एउटा म ।

मलाई नमज्जा ’फिल’ हुनु थियो ।
कफीको प्रत्येक चुस्की नमिठो एक्लोपनसँगै निल्नु थियो ।
सत्ते, त्यो चिसो साँझ अझ ठिहीलाग्दो होस् भन्ने मैले कामना गरेंथेँ ।

तर कफी तातो थियो । मानौँ दक्षिण अमेरिकाको कुनै कफी बगानको तन्नेरी बोटको फलहरु कफीशपकी यी सुन्दरीले पिस्दा उनको यौवनको महक पनि यसमा मिसिएको थियो ।
कफी साँच्चै मीठो थियो ।
एकछिन मैले सबथोक बिर्सिएँ । मनले पनि उदास हुन बिर्सियो एकछिन ।

माफ गर, मैले एक्लै पिएँ ।