५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईन्द्रालाप…



अ+ अ-

बुवा यो के हो ?
छोरा यो डोजर हो ?
डोजरले के गर्छ बुवा ?
राज्यको विकास गर्छ
अनि तिमी हामी जस्ताको उठिबास लगाउँछ ।
किन बुवा हामी राज्यका मानिस होइनौ ?

हुन त हौं बाबु……
तर राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो जमिन छैन
हो राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो आकाश छैन ।

यो राज्य मेरो मन मुटुमा छ
मेरो रगतमा छ
तर भुगोलमा म यो राज्यको हुन सकेको छुइन ।

म जन्मेको धरती मेरो होइन
म खेलेको धरती मेरो होइन
मैले पसिना बगाएको धरती मेरो होइन
मैले पुजेको आकाश मेरो होईन
भोली म मरेपछि मेरो खरानी बगाउने वा
मलाई गाड्ने धरती पनि हाम्रो होइन ।

मर्नु अगाडी मैले ६ फिट जमिन जोड्न सकिन भने
बाबु, तैले मेरो लाश खोलामा बगाईदिनु
म बग्दै अनन्त सागरमा पुग्नेछु
कतै त्यहाँ पो छ की मेरो धरती ?

होइन भने मेरो लाश डढाई दिनु
धुँवा बनेर अनन्त ब्रह्माण्डमा पुग्नेछु
कतै त्यहाँ पो छ की मेरो आकाश ?

न म नाम अनुसार स्वर्गको राजा ईन्द्र हुन सके
न म बलियो बाँङ्गो बहादुर नै हुन सके
म राई हुँ……
भुमिपुत्र हाम्रो पहिचान हो छोरा
तर म भुमिपुत्रसँग भुमि छैन ।

भुमिहिन सुकुमबासी हौं हामी
त्यसैले यो खोला किनारमा छौ,
र आज तँ जन्मिएको
अनि मैले पसिना बगाएको
यो घर अगाडी
डोजर आईपुगेको छ बाबु ।

यो डोजर हो
यसले राज्यको विकास गर्छ
अनि तिमि हामी जस्ताको उठिबास लगाउँछ ।
“तर म घर भत्काएको हेर्न सक्दिन।”

२०८३ वैशाख २० गते
विजय पौडेल