३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सान्जेनको सह निस्काशन कर्ता सम्झौता



अ+ अ-

 

सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।

विहीबार कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक श्री रमण नेपाल तथा सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गर्नुभएको हो ।

दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सामेल गराउने सम्झौता गरिएको सूचना अधिकारी उद्धव सिलवालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त सम्झौता भएको कार्यक्रममा कोषका मुख्य व्यवस्थापक श्री सुशील कुमार अर्याल, का.मु व्यवस्थापक श्री शोभा श्रेष्ठ, उपव्यवस्थापक श्री सुमन पौडेल र पुँजी बजार शाखा प्रमुख श्री रोशन जंग कार्की तथा सह निस्कासन कम्पनी सनराइज क्यापिटलको तर्फबाट श्री विजेन्द्र न्हुच्छे प्रधान एबं एनएमबि क्यापिटलबाट श्री कमल प्रसाद नेपाल सहभागी हुनुहुन्थ्यो ।