२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अस्ट्रेलिया टेस्ट, भारतकाे सुदृढ प्रदर्शन



अ+ अ-

एडीलेड, २३ मंसिर । भारत र अस्ट्रेलियाबीचकाे एडिलेडमा भइरहेकाे पहिलाे टेस्ट क्रिकेटमा भारतले सुदृढ प्रदर्शन गरेकाे छ । भारतका लागि दाेस्राे इनिङमा चेतेश्वर पुजाराले फेरि ७१ रनकाे महत्वपूर्ण याेगदान गरेका छन् । चाैथाे दिनकाे भाेजन समयसम्म अजिन्के रहाणे अविजित ५७ रन बनाएर क्रिजमा छन् ।

भारतले समग्रमा चाैथाे दिनकाे भाेजन सत्रसम्म २७५ रनकाे अग्रता बनाइ सकेकाे छ । निकै सुस्त र ब्याटिङका लागि सहज नहुने एडिलेडमा भारतले टेस्ट जित्ने सम्भावना बढी देखिएकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले २५० रनमा अलअाउट भएकाे थियाे । भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक १२३ रन बनाएका थिए । भारतीय अन्य ब्याट्सम्यानले खासै याेगदान गरेका थिएनन् ।

अस्ट्रेलियाले पहिलाे इनिङमा २३५ रन मात्र बनाउन सकेकाे थियाे ।

भारत र अस्ट्रेलियाबीच चारवटा टेस्ट खेल हुँदैछन् ।

खेल संक्षेप

भारत — २५० रन र २६०/५ (खेल जारी, २७५ रनकाे अग्रता)

अस्ट्रेलिया — २३५ (अलअाउट)