२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूँजी बजार सुधारको माग गर्दै अनशन



अ+ अ-

काठमाडौँ । शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको छ ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन आग्रह गरिएको छ ।
गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने, शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पु¥याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएका छन् ।
समूहका प्रतिनिधि नयन बाँस्तोलाले पूँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्यविधिलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा नेप्से १८८१ हुँदा रु २१ खर्बको पूँजी सङ्कलन भएको यो बजारमा हाल नेप्से ११२० मा पुग्दा रु १३ खर्ब पूँजी छ । (रासस)