१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने

खप्तड प्रकृतिको अनुपम उपहार हो, मास्टरप्लान बनाएर विकास गरौँः मन्त्री आले

खप्तड प्रकृतिको अनुपम उपहार हो, मास्टरप्लान बनाएर विकास गरौँः मन्त्री आले
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ ।

खप्तड पर्यटन विकास समितिद्वारा आज आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अन्त कतै नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी स्वीट्जरल्याण्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, राराजस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।” 

मन्त्री आलेले रकमान्तर भयो भने खप्तडको विकासका लागि आफूले केही बजेट यसैपालि छुट्टयाएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “आगामी वर्षको बजेटका लागि खप्तडको माष्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।” 

खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारको विकास, संरक्षणका लागि आफू लागि परेको उहाँको भनाइ थियो । आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले देशमा रहेका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने वचन दिनुभयो । देशको हावा, पानी र सुन्दर क्षेत्र अरु ठाउँमा नभएकाले हामी सबै मिलेर हाम्रा पर्यटकीय क्षेत्रको विकासका लागिपर्नुपर्ने उहाँको भनाइ थियो । आफू मन्त्री भएर आइसकेपछि रु ८७ करोड क्यासिनोबाट उठाउनुपर्ने सरकारको रोयल्टी उडाएको समेत मन्त्री आलेले दाबी गर्नुभयो । 
 
कार्यक्रमका सभापति तथा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफूहरू सबै निकायसँग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड क्षेत्रको विकासका लागि हामी सबै निकायसँग सहकार्य र समन्वयका लागि तयार छौँ, खप्तडको मात्रै विकास गर्न सके सुदूरपश्चिम विकासका दृष्टिले कायापलट हुने छ ।” अध्यक्ष सिंहले खप्तडमा आउने पर्यटकले कम्तीमा पनि त्यहाँ दुई तीन दिन बास बस्न सके खप्तडको वास्तविक उपहार चिन्न सकिने बताउनुभयो ।