• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

पुल माग्दै जनप्रतिनिधि



जाजरकोट । पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् ।

गत साउनमा आएको बाढीपहिरोका कारण नगरपालिकाको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारसम्म पुगेका हुन् ।

अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को ९फलेक०मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ । बाढीबाट जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा नै क्षति भएको थियो ।

पुल निर्माणका लागि आवश्यक बजेट नहुँदा प्रदेश सरकारसँग बजेट माग गरिएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । नगरपालिकाभित्र आधादर्जन बढी पुल बाढीका कारण क्षति भएपछि नगरपालिकाले आफ्नै खर्चमा निर्माण गर्न असम्भव भएकाले प्रदेश सरकारसँग सहयोग मागेको उहाँले बताउनुभयो ।

पुल नहुँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बजेटकै लागि केन्द्रीय सरकारसँग पनि आग्रह गर्ने नगरपालिकाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

नलगाडमा भएको क्षतिको पुनःनिर्माण गर्न करोडौँ बजेट लाग्ने भएकाले थोरै बजेटले सम्भव नभएको नगरप्रमुख रावलले बताउनुभयो । नलगाडको– २, ३, ४, ५, ६, ७, ८ र १३ वडामा बाढीपहिरोका कारण व्यापक क्षति भएको थियो ।
रासस