१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुले बिद्यार्थीलाई छुट दियो पानी भर्नलाई



अ+ अ-

बझाङ — वर्षौँदेखि बुङ्गल–६ झलकपुरका स्थानीय खानेपानीको समस्या झेल्दै आएका छन् ।गाउँलेहरुको असोजदेखि असारसम्म उज्यालो झन्डै आधा घण्टा पार गरि कुवामा पानी भर्न प्रतिस्पर्धा नै चल्छ । बर्षात छिटो सुरु भयो भने असार मध्यतिर गाउँ नजिकैका मुहान रसाउन थाल्छन् । तीन महिना जति यो गाउँका मानिसहरूलाई खानेपानी गाउँ नजिकै उपलब्ध हुन्छ ।

पानी लिएर फर्किदा ढिला भएको दिन खाना पकाउन ढिला हुने भएकाले स्कुले केटाकेटीको स्कुल पनि छुट्ने गरेको छ। पानी भर्नका लागि अधिकांश विद्यार्थीहरूको हप्तामा ३-४ दिन स्कुल छुट्ने गरेको छ।

पानीको अभावका कारण यहाँ सरसरफाईमा पनि समस्या छ । नुहाउन, लुगा धुनका लागि झन्डै एक घण्टा टाढाको खोलामा जानुपर्ने भएकोले समयमै सरसरफाई गर्न नपाइने समस्या छ ।

खानेपानीको समस्याको बारेमा वर्षौँदेखि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको यहाँका स्थानीयको गुनासो छ । गाउँमा पानी सहजरुपमा उपलब्ध भइदिए आफूहरूले वर्षौँदेखिको दुखबाट मुक्ति पाउने उनीहरूको भनाई छ ।

अर्को गाग्रो पानी जम्मा हुन १५ं-२० मिनेट कुर्न पर्ने भएका कारण पानी भर्नेको सङ्ख्या बढी हुन्छ । ‘कहिले त बिहान ४ बजे कुवामा पुगे पनि ९-१० बजे तिर मात्र पानी भर्ने पालो आउँछ’ स्थानीय पुनी गुर्धामीले भनिन् ।