५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुले बिद्यार्थीलाई छुट दियो पानी भर्नलाई



अ+ अ-

बझाङ — वर्षौँदेखि बुङ्गल–६ झलकपुरका स्थानीय खानेपानीको समस्या झेल्दै आएका छन् ।गाउँलेहरुको असोजदेखि असारसम्म उज्यालो झन्डै आधा घण्टा पार गरि कुवामा पानी भर्न प्रतिस्पर्धा नै चल्छ । बर्षात छिटो सुरु भयो भने असार मध्यतिर गाउँ नजिकैका मुहान रसाउन थाल्छन् । तीन महिना जति यो गाउँका मानिसहरूलाई खानेपानी गाउँ नजिकै उपलब्ध हुन्छ ।

पानी लिएर फर्किदा ढिला भएको दिन खाना पकाउन ढिला हुने भएकाले स्कुले केटाकेटीको स्कुल पनि छुट्ने गरेको छ। पानी भर्नका लागि अधिकांश विद्यार्थीहरूको हप्तामा ३-४ दिन स्कुल छुट्ने गरेको छ।

पानीको अभावका कारण यहाँ सरसरफाईमा पनि समस्या छ । नुहाउन, लुगा धुनका लागि झन्डै एक घण्टा टाढाको खोलामा जानुपर्ने भएकोले समयमै सरसरफाई गर्न नपाइने समस्या छ ।

खानेपानीको समस्याको बारेमा वर्षौँदेखि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको यहाँका स्थानीयको गुनासो छ । गाउँमा पानी सहजरुपमा उपलब्ध भइदिए आफूहरूले वर्षौँदेखिको दुखबाट मुक्ति पाउने उनीहरूको भनाई छ ।

अर्को गाग्रो पानी जम्मा हुन १५ं-२० मिनेट कुर्न पर्ने भएका कारण पानी भर्नेको सङ्ख्या बढी हुन्छ । ‘कहिले त बिहान ४ बजे कुवामा पुगे पनि ९-१० बजे तिर मात्र पानी भर्ने पालो आउँछ’ स्थानीय पुनी गुर्धामीले भनिन् ।