३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

कीम्फ सम्पन्नः ‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार

कीम्फ सम्पन्नः ‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार
अ+ अ-

काठमाडौँ : ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ नामक फिल्मले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

पुरस्कारको राशि एक हजार ५०० अमेरिकी डलर रहेको छ । त्यसैगरी अरुण भट्टराई र डोरोत्यो जुर्बोको ‘द नेक्स्ट गार्डियन’ दोस्रो भएको छ । उक्त पुरस्कारको राशि जनही एक हजार अमेरिकी डलर रहेको छ ।

त्यस्तै मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’ ले तेस्रो स्थान प्राप्त गरेको छ । उक्त पुरस्कारको राशि ५०० अमेरिकी डलर रहेको छ । जसको प्रायोजन नेपाल पर्वतारोहण सङ्घ, दीपलक्ष्मी फाउण्डेशन र थामसेर्कु ट्रेकिङले गरेको थियो ।

त्यसैगरी नेपाल पानोरामाअन्तर्गत आख्यानमा अविनासविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागार्इं र कमल कुमारको ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएको छ । तटिनीले रु एक लाख र मरिसकेको मान्छेले रु ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

किम्फमा प्रदर्शित यस वर्षको उत्कृष्ट पर्वतीय फिल्म मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ हुन सफल भएको किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । त्यस्तै किम्फमा उत्कृष्ट साहसिक फिल्म प्रसुना डङ्गोलको ‘डोल्पा डायरी’ ले जितेको छ । जसलार्ई आपा शेर्पा फाउण्डेशनले एक हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरेको छ ।

किम्फमा यस पटक नेपाललगायत ३१ वटा देशहरुको ७० भन्दा बढी फिल्महरु देखाइएको थियो । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइएको थियो ।