१० भाद्र २०८३, बुधबार
,
Latest
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु राष्ट्रका लागि जनसंघर्ष गर्छु: थापा



अ+ अ-

वीरेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्थापनाकालागि देशभर जनसंघर्षका कार्यक्रम गर्ने बताएका छन् ।

कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन सुर्खेत आएका थापाले फागुन ७ गतेदेखि जनसंघर्ष गर्न पार्टीले विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको जानकारी दिएका हुन् । उनले पुष र माघमा सबै स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने तयारी भैरहेको बताए ।

संविधान लेख्नु अघि देखि नै सडक र सदनमा हिन्दु राष्ट्र घोषणाको आवाज उठाए पनि संख्यामा कम भएकाले संविधानमा लेख्न नसकेको अध्यक्ष थापाले बताए । उनले भने, ‘हामीले निरन्तर आवाज उठाइरहेको हो, यसमा कांग्रेसले साथ दियो भने सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’