५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु राष्ट्रका लागि जनसंघर्ष गर्छु: थापा



अ+ अ-

वीरेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्थापनाकालागि देशभर जनसंघर्षका कार्यक्रम गर्ने बताएका छन् ।

कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन सुर्खेत आएका थापाले फागुन ७ गतेदेखि जनसंघर्ष गर्न पार्टीले विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको जानकारी दिएका हुन् । उनले पुष र माघमा सबै स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने तयारी भैरहेको बताए ।

संविधान लेख्नु अघि देखि नै सडक र सदनमा हिन्दु राष्ट्र घोषणाको आवाज उठाए पनि संख्यामा कम भएकाले संविधानमा लेख्न नसकेको अध्यक्ष थापाले बताए । उनले भने, ‘हामीले निरन्तर आवाज उठाइरहेको हो, यसमा कांग्रेसले साथ दियो भने सहकार्य गरेर अघि बढ्न तयार छौँ ।’