• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

दुग्ध वितरण आयोजनाको क्षमतामा सुधार



हेटौँडा । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्रीवितणका लागि उत्पादन क्षमताको विस्तार एवं सुधार प्रक्रिया अगाडि बढाएको छ ।……………………….

प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्दै आएको सो आयोजनाले प्राविधिक क्षमता सुधार गरी दैनिक प्रतिघण्टा पाँच हजार लिटर दूध प्रशोधन गर्नेतर्फ लागेको छ । साथै विभिन्न किसिमका मिठाइ उत्पादन गर्दै आएको आयोजनाले रसभरी र फ्रेस मिल्क पनि उत्पादन शुरु गरेको छ । त्यस्तै आयोजनाको परिसरमा रहेको दूग्ध कारखानाको सरसफाइ र मेसिनको गुणस्तरमा पनि सुधार गरेको आयोजनाका प्रमुख गणेश यादवले बताउनुभयो ।

विसं २०३० मा औद्योगिक क्षेत्रमा स्थापना भई २०३१ साल चैतबाट सञ्चालनमा आएको सो दुग्ध वितरण आयोजनाबाट हाल दही, घ्यु, पनिर, लालमोहन, पेडा, मख्खन तथा फ्रेस मिल्क उत्पादन भइरहेको छ ।

सर्लाही, रौतहट, मकवानपुर र बाराका किसानबाट दैनिक दूध खरीद एवं सङ्कलन गरी हेटौँडा, वीरगञ्ज र नारायणगढसम्म दूध तथा दुग्ध पदार्थबाट बनेका सामग्री बिक्रीवितरण भइरहेको आयोजनाले जनाएको छ । साथै विराटनगर, जनकपुर, काठमाडौँलगायतका दुग्ध आयोजनामा यसको उत्पादन बिक्रीका लागि पठाइन्छ ।

आयोजनाबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७४र७५ मा ६१ लाख ५०४ लिटर दूध सङ्कलन गरिएको थियो । जसमध्ये २९ लाख ९९ हजार लिटर अन्य आयोजनामा बिक्री गरिएको थियो । छब्बीस लाख ७६ हजार लिटर दूध अर्थात रु १७ करोड १९ लाख २५ हजारको दूध हेटौँडा, वीरगञ्ज र नारायणघाटमा बिक्री गरिएको थियो ।

साठ्ठी हजार लिटर दूध भण्डारण क्षमता रहेको सो आयोजनाको दूध सङ्कलनका लागि विभिन्न स्थानमा १९० बुथ, २१ डिलर र सात चिस्यान केन्द्र रहेको छ । साथै दूध खरीदबापत २० हजार कृषक परिवार लाभान्वित भएको आयोजना प्रमुख यादवको भनाइ छ । ररासस