• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

भौतिक संरचना निर्माणमा नदीजन्य वस्तुको अभाव




राँझा । नदीजन्य वस्तुको अभावका कारण आठौँ राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा अवरोध भएको छ । प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशाला र अन्य निर्माणका लागि आवश्यक पर्ने नदीजन्य उत्पादन ग्राभेल, गिटी र बालुवा निकासी गर्न रोक भएका कारण निर्माणको काममा अवरोध भएको प्रादेशिक खेलकूद परिषद्, प्रदेश नं ५ अध्यक्ष तथा भौतिक पूर्वाधार निर्माण तथा खेल स्थल तयारी उपसमिति संयोजक भीम ओलीले बताउनुभयो ।

उहाँले रङ्गशालामा ट्र्याक बनाउनमात्र चार हजार १०० घनमिटर ग्राभेल आवश्यक परेको अवस्थामा नदीजन्य वस्तु निकासी बन्द भएका कारणले भौतिक पूर्वाधारको निर्माणमा समस्या भएको गुनासो गर्नुभयो । नेपालगञ्ज रङ्गशालालाई पहिलो प्राथमिकतामा राखेर निर्माणको काम भइरहेको ओलीको भनाइ छ ।

“आठौँ राष्ट्रिय खेलकूद पनि राष्ट्रिय गौरवको कार्यक्रम भएकाले रङ्गशाला निर्माणमा आवश्यक पर्ने ग्राभेल सोहीअनुसार उपलब्ध गराइदिन जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार गुहार्दा गुहार्दै उद्घाटनको दिन आउन लागिसक्यो तर सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको औसत ६५ प्रतिशत निर्माण पूरा भएको बताइएको छ । बाँकेको सीतापुरमा निर्माण भइरहेको भलिबल एकेडेमी, कोहलपुरस्थित क्रिकेट मैदान, नेपालगञ्जस्थित ह्याण्डबल कोर्ट, बर्दियाको बासँगढीस्थित कबडी हल, बर्दियाको गुलरियास्थित एथलेटिक्स ट्र्याक, नेपालगञ्जस्थित फुटबल मैदान र एथ्लेटिक्स ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि ३५ वटा संरचना निर्माण भइरहेका छन् । प्रादेशिक खेलकूद परिषद्, प्रदेश नं ५ अध्यक्ष ओलीले, बाँकेमा नौ, बर्दिया, दाङ र रुपन्देहीमा चार÷चार तथा कपिलवस्तु र पाल्पामा एक÷एक भौतिक संरचना निर्माण भइरहेको उल्लेख गर्नुभयो । रासस