• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेपालगञ्जमा खाद्य मेला



राँझा । पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको हो । पश्चिम नेपालमा पाइने पोषिला खाद्यवस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचारप्रसारका साथै बजारीकरण गर्न खाद्य मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्स्ना श्रेष्ठले बताउनुभयो ।

मेलामा साविक मध्यपश्चिमका विभिन्न जातजातिको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्यवस्तुको प्रदर्शनी तथा बिक्री कक्ष गरी ६० कक्ष छन् । रासस